Butwal Sandesh

Best Nepali Online Newspaper

बाबा रामदेवको कोरोना निको पार्ने औषधी २४ घण्टा नटिक्दै बन्द भयो

Spread the love

भारतीय योगगुरु बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना निको पार्ने औषधी ‘कोरोनिल’ को दाबी २४ घण्टा नबित्दै प्रतिबन्धमा परेको छ । भारत सरकारले आज उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको छ ।

मन्त्रालयले कम्पनीलाई यस किसिमको औषधी त्यसको विज्ञापन तत्काल रोक्न आग्रह गर्दै यो विषयमा राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेकोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ । पतञ्जलीले कोरोना उपचारका लागि भनेर बाहिर ल्याएको औषधीको वैज्ञानिक अध्ययन नभएको समेत मन्त्रालयले जनाएको छ ।

उक्त कम्पनीसँग मन्त्रालयले औषधीबारे सम्पूर्ण प्रमाणहरु (पूर्ण जानकारी) ल्याउन समेत निर्देशन दिएको छ ।मन्त्रालयले औषधीबारे पूर्ण जानकारी दिन र औषधीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । मन्त्रालयले भनेको छ–‘औषधीमा सबै प्रकारका परीक्षण नगरी अर्को आदेश नहुञ्जलेसम्मका लागि प्र*तिबन्ध भएको जानकारी गराइन्छ ।

नेपालमा कोरोना सुरु भएको ६ महिनापछि कोरोनाका बारेमा केही सुखद समाचार आउन थालेका छन् । इटालीका बैज्ञानिकले अब कोरोना भाइरसको क्षमता कम हुँदै गएको दावी गरेका छन् । रोग विशेषज्ञहरुले अब कोरोनाको खोप नबने पनि यसको क्षमता कम हुँदै गएर आफै हराउने दावी गरेका छन् ।अमेरिकावाट प्रकाशित न्युयोर्क पोष्टमा उल्लेखित समाचार अनुसार सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज क्लिनिकका प्रमुखस डाक्टर माटेओ बसेटीले यस्तो दावी गरेका हुन् । उनले सुरुको तुलनामा अहिलेक कोरोना भाइरसको शक्ति कमजोर बन्दै गएको बताएका छन् । उनले विस्तारै यो भाइरस हराएर जाने पनि दावी गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *