Butwal Sandesh

Best Nepali Online Newspaper

लकडाउन खुकुलो भएसंगै काठमाडौँ भित्रिनेको संख्या ह्वात्तै बढयो । ४५ हजारभन्दा बढी मानिस भित्रि सके

Spread the love

काठमाडौँ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेर खुकुलो बनाएसंगै सात दिनमा ४५ हजार मानिस काठमाडौँ प्रवेश गरेका छन । यो अवधीमा २१ हजार सवारी साधन काठमाडौँ भित्रिएका छन भने ४५ हजार मानिस काठमाडौँ भित्रिएका हुन ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले दैनिक औशतमा ३ हजार भन्दा बढी सवारी साधन काठमाडौँ उपत्यका भित्र प्रवेश गर्ने गरेका छन्।

असार १ गते देखि ७ गतेसम्म २१ हजार ८ सय २ वटा सवारी साधन भित्रिएको महाशाखाले जनाएको छ । सात दिनमा असार ६ गते सबैभन्दा धेरै ३७ सय ७५ वटा सवारीसाधन काठमाडौँ भित्रिएको देखिएको छ।

महाशाखाका अनुसार धेरैजसो अत्यावश्यक सामाग्री बोकेका सवारी साधन काठमाडौँ प्रवेश गर्ने भएपनि पास लिएर आउने संख्या नै दैनिक ३ सयको हाराहारीमा रहेको छ ।

लकडाउन खुकुलो हुँदै गएपछि आफ्नो गृह जिल्ला गएकाहरू अहिले काठमाडौँ उपत्यकाभित्र फर्किन थालेका हुन । अहिले उपत्यकाभित्र छिर्ने नाकाहरूमा सवारीको चाप बढेको छ भने अत्यावश्यक बाहेक अन्य निजी सवारी साधनबाट पनि मानिस फर्किन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *