Butwal Sandesh

Best Nepali Online Newspaper

पतंजलीले बनायो कोरोना भाइरस निको पार्ने आयुर्वेदिक औषधि `कोरोनिल´

Spread the love

एजेन्सी । भारतीय चर्चित योग गुरू रामदेवले कोरोनाभाइरस निको पार्ने आयुर्वेदिक औषधी बनाएको दावी गरेका छन्। उनले मंगलबार हरिद्वार एक कार्यक्रमका बीच कोरोनिल ट्याबलेट र श्वासरी बटी नामका दुई औषधी सार्वजनिक गरेका छन् । जसले कोरोना भाइरसको विरुद्दमा काम गर्ने बताएका छन् । क्लिनिकल ट्रायलका क्रममा दुबै औषधीले बि*रामीलाई सतप्रतिशत सकारात्मक प्रभाव पारेको कम्पनीले बताएको छ।

‘पतन्जली रिसर्च सेन्टर र नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज जयपुरको साझा प्रयासबाट औषधी तयार गरिएको रामदेवले दावी गरे । पतंजलीको यो आयुर्वेदिक औषधि तीनदेखि सात दिनसम्म खाए बि*रामी पूर्ण निको हुने दावी उनीहरुको छ ।

पतंजलीले २८० जना बि*रामीमा यो औषधि ट्रायल गर्दा सबै निको भएको थियो । विश्व कोरोनाको भ्याक्सिन वा औषधीको पर्खाइमा रहेको बेला पतंजलीले यसको औषधि तयार पारेकोमा गर्भ भइरहेको रामदेवले बताए । तर भारत सरकारले रामदेवको औषधीलाई औपचारिक रूपमा मान्यता दिने निर्णय गरिसकेको छैन। रामदेवको पतंजली आयुर्वेदिक औषधि लगायत विभिन्न खाद्य पदार्थ पुरा भारतभर बिक्रि हुने गर्दछ ।

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

कोरोनाभाइरस म*हामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ ।

संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोनाभाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *