Butwal Sandesh

Best Nepali Online Newspaper

विदेशमा मृ*त्यु भएका ४० श्रमिकको श*व नेपाल ल्याइयो, अझै १६४ श*व व्यवस्थापन गर्न बाँकी

Spread the love

काठमाडौं । विदेशमा मृ*त्यु भएका मध्ये ४० जना नेपालीको श*व नेपाल ल्याइएको छ । अझै १६४ श*वको व्यवस्थापन बाँकी रहेको सरकारले जनाएको छ । ती श*व कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए ।

विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ४० जनाको श*व नेपाल ल्याइएको हो । बिहीबार मात्रै २४ जना नेपालीको श*व नेपाल ल्याइएको थियो ।

अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक/एक जनाको श*व नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । मृ*त्यु भएका ३१८ जनामा ११४ जना मृ*तकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको पनि बोर्डले जनाएको छ ।

बोर्डले कोरोनाको कारण उडान नहुँदा श*व ल्याउन समस्या भएपछि विदेशमै अन्त्येष्टिका लागि अनुमति दिन परिवारसँग अनुरोध गरेको थियो । जस अनुसार ११४ जना मृ*तकका परिवारले अनुमति दिएको बोर्डले जनाएको छ ।

विदेशमै अन्त्येष्टिका लागि अनुमति दिनेका परिवारलाई सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ सरकारले उपलब्ध गराउने बताएको छ । बोर्डका अनुसार विदेशमा अझै १६४ जनाको श*व बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *