Butwal Sandesh

Best Nepali Online Newspaper

३ पटकभन्दा धेरै ट्राफिक नियम मिचेमा, अब लाइसेन्स नै खारेज हुने

Spread the love

काठमाडौँ । संसद्को विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा धेरै उ*ल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । सवारी दु*र्घटना चालककै ला*परबाहीले हुने गरेको पाइएपछि यस्तो व्यवस्था गर्न सुझाव दिइएको उपसमितिका संयोजक गणेश पहाडीले बताए ।

‘सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमले निषेध गरेको कार्य ३ पटकभन्दा धेरै गरेमा सवारी चालकको अनुमतिपत्र रद्द हुने व्यवस्था गर्न सुझाव दिएका छौं,’ पहाडीले भने । यही सुझावअनुसार कानुन बने यो व्यवस्था सार्वजनिक र निजी दुवै सवारीमा लागू हुनेछ ।

ट्राफिक प्रहरीले मदिरा सेवन गरेर ५ पटकसम्म का*रबाहीमा परेमा लाइसेन्स खारेजका लागि यातायात व्यवस्था कार्यालयमा लेखेर पठाउने गरेको छ । तर, प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । प्रहरीको तथ्यांकअनुसार दु*र्घटनाको मुख्य कारण चालकको ला*परबाही देखिएको छ ।

प्रहरीका अनुसार चालकको ला*परबाहीले ४३.७% प्रतिशत, तीव्र गतिले १८.७%, ओभरटेक गर्दा ९.८%, पैदल यात्रुको ला*परबाहीले ९.५%, मा*दक पदार्थ सेवन गरी चलाउँदा ६.२%, सवारीको यान्त्रिक गडबडीले ६.१%, ओभरलोडले ५.२%, सडक चौपायाका कारण ०.४% प्रतिशत दु*र्घटना हुने गरेका छन् । याे खबर कान्तिपुर दैनिकमा प्रकाशित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *