Butwal Sandesh

Best Nepali Online Newspaper

दक्षिण कोरियामा कोरोना सं*क्रमणको दोस्रो लहर सुरु, सबैलाई सा*बधानी अपनाउन अनुरोध

Spread the love

काठमाडौं – दक्षिण कोरियाले अहिले आफ्नो देशमा कोरोना सङ्क्र*मणको दोस्राे लहर सुरु भएको बताएको छ । स*ङ्क्रमणको पहिलो झट्कालाइ सावधानीपूर्वक सामना गरेको र दोस्राे लहर लामो समय रहन सक्ने रो*ग नियन्त्रण केन्द्र कोरियाले बताएको बीबीसीले जनाएको छ ।

मे महिनामा नयाँ स*ङ्क्रमण शून्य नजिक पुर्‍याएको भए पनि पछिल्ला दिनमा नयाँ स*ङ्क्रमण पुष्टि हुन थालेको र यो स*ङ्क्रमणको दोस्राे लहर भएको केन्द्रले बताएको खबरमा उल्लेख छ । रो*ग नियन्त्रण केन्द्र कोरियाले देश कोरोना स*ङ्क्रमणको दोस्राे लहरकाे कब्जामा गएको बताए लगत्तै राजधानी सियोलका मेयरले क*डा सामाजिक दुरीमा फर्कनुपर्ने बताएकाे बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाले कोरोना सङ्क्र*मणको पहिलो चरणमा भाइरससँग लड्न देशलाई बन्द गर्नुभन्दा आ*क्रामक ट्रयाक, ट्रेस र परीक्षण गर्दै स्वैच्छिक सामाजिक दुरीको उपाय अपनाएको थियो । दक्षिण कोरियामा १२ हजार चार सय ३८ जनामा कोरोना स*ङ्क्रमण देखिएकाेमा दुई सय ८० जनाको ज्या*न गएको छ भने १० हजार आठ सय ८१ जना उपचारपछि निको भएका छन् ।

यसैबीच विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइ*रसबाट ९० लाख ८० हजारभन्दा धेरै स*ङ्क्रमित भएका छन् । सङ्क्र*मितमध्ये चार लाख ७१ हजारभन्दा धेरैकाे मृ*त्यु भएकाे छ भने ४८ लाख ६३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *