Butwal Sandesh

Best Nepali Online Newspaper

दाङमा कोरोनाको रिपोर्ट आउन ढिलाई भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित – ‘कि हामीलाई रिपोर्ट दे, कि घर जान दे’

Spread the love

दाङ – कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै दाङको क्वारेन्टाइनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् । घोराही उपमहानगरपालिका–१८ मा रहेको रझेना माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले रिपोर्ट आउन ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै आन्दोलन गरेको जनाएका छन् । स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी समय बित्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएको भन्दै उनीहरुले सोमबार साँझ प्रतिष्ठानको गेटसम्म पुगेर नाराबाजी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि वि*रोध प्रदर्शन गरेका थिए । उनीहरुलाई सम्झाइ बुझाइ गरेपछि फर्किएको डीएसपी खड्काले बताए ।

उनीहरुले ‘कि हामीलाई रिपोर्ट दे, कि घर जान दे’, ‘मान्छेलाई पशुसरह व्यवहार नगर’, क्वरेण्टीनलाई व्यवस्थीत गर’, ‘समस्या समाधानका लागि वडाध्यक्ष पहल गर’ भन्दै नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *