Butwal Sandesh

Best Nepali Online Newspaper

जुलाई ७ देखि दुबईले विदेशीको लागि आगमन खुला गर्ने

Spread the love

दुबइ ८ असार – दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । यहाँको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो । तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ ।

त्यसैगरी दुबई पुगेपछि पनि यहाँको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरुले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ । दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाएको पनि सो पत्रिकाले जनाएको छ ।

त्यस्तै आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबईले बनाएको बताइएको छ । त्यस्तै जुलाई ७ देखि नै विदेशी नागरिकलाई स्वदेश प्रवेश गर्न खुला गर्ने भएको हो । यसरी भित्रिने विदेशीहरुले दुबईको विमानस्थलमा राखिएको परीक्षण कक्षमा पिसिआर गराइने छ ।

यसरी स्वदेश आएका पर्यटक तथा विदेशी नागरिकहरुले यहाँको सरकारले बनाएका स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्नु पर्ने नियम पनि बनाएको सो समाचारमा जनाइएको छ ।

त्यस्तै, विश्वमै कोरोनाभाइरसको सङ्क्र*मण तीब्र गतिमा बृद्धि भइरहेको देशहरुमध्ये पाकिस्तान अग्रपङ्क्तिमा पर्दछ । तर लामो समयसम्म आर्थिक गतिविधि बन्द गरेर बस्न सक्ने अवस्था नरहेकाले व्यवसाय सञ्चालन गर्न पाकिस्तान सरकारले आह्वान गरेको छ । कोरोनाभाइरसबाट सङ्क्र*मण भएका वि*रामीहरु अस्पताल जाने र सङ्क्र*मण मुक्त भएर घर फर्किने क्रम चलिरहे पनि गतिविधलाई पुनः निरन्तरता दिनुको विकल्प नभएको सरकारी अधिकारीहरुको भनाइ छ ।

अव पनि आर्थिक गतिविधिलाई निरन्तरता दिन सकिएन भने देशको अर्थतन्त्र टाट पल्टिन सक्ने विज्ञ तथा सरकारी अधिकारीहरुले निश्कर्ष निकालेका छन् । गरिबी र म*हामारीका लागि ठूलो रकम खर्च गरिरहनु परेकाले पनि थप आर्थिक स*ङ्कट उत्पन्न भएको उनीहरुले जनाएका छन् ।

के गर्ने के गर्ने भन्ने लामो समयसम्मको दुविधालाई चिर्दै सरकारले सुरक्षाका उपायहरु अपनाउने आर्थिक गतिविधिहरुलाई अगाडि बढाउने निश्कर्षमा पुगेको हो । सरकारी अधिकारीहरुले अत्यावश्यक र आर्थिक गतिविधिहरुलाई निरन्तरता दिने क्रममा कोरोनाबाट बच्नका लागि अप्नाउनु पर्ने आधारभूत सुरक्षा सतर्कताका उपायहरु अपनाउन अनिवार्य गरिएको छ ।

उनीहरुले सामाजिक दुरी कायम राख्न, मास्कको प्रयोग गर्न, सकेसम्म भेटघाट तथा भिडभाडहरुमा नजान, सेनिटाइजर वा सावुन पानीको प्रयोग बढाउन आह्वान पनि गरेका छन् । मस्जिदहरुमा पनि सकेसम्म एकै पटक धेरै भिडभाड नगर्न उनीहरुले सुझाव दिएका छन् । पाकिस्तानमा अहिलेसम्म एक लाख ८० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्र*मित भएका छन् भने ३ हजार ५ सय ९० जनाको मृ*त्यु भैसकेको छ । रासस÷एपी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *