Butwal Sandesh

Best Nepali Online Newspaper

आङकाजी र रमेश प्रसाइको च*र्काचर्कीपूर्ण बहस : तथ्य र तर्कसहितको हेर्नलायक यो बहस – भिडियोसहित

Spread the love

काठमाडौं । आङकाजी शेर्पाले जसपाकी सांसद सरिता गिरीलाई समर्थन गर्दै अभिब्यक्ति दिएपछि संगै रहेका रमेश प्रसाई निकै आ*क्रोशित भए । उनले संसद भित्र नेपालको भूभागलाई नेपाली होइन भनेर भनेकै कारण उनको निकै आलोचना भएको छ । त्यस माथि उनले हिन्दी भाषालाई नेपालीहरुले सजिलै बुझ्ने भाषा भएको र तराईवासीका लागि राष्ट्र भाषा हिन्दी नै हो भनेको विषयमा पनि अहिले वहस भएको छ ।

तराईवासी स्थानियले बोल्ने अवधी, भोजपुरी मैथली लगायतका भाषालाई भन्दा भारतमा बोलिने हिन्दी भाषालाई बढी प्राथमिकता दिएको भन्दै उनको आलोचना भएको हो । सांसद सरिताले नेपालको सांसदमै राष्ट्रियता विरुद्ध बोलेको भन्दै आफुलाई सामाजिक अभियन्ता बताउने रमेश प्रसाईले मु*द्दा दायर गरेका छन् । उनले सरिताको सांसद पद खारेज गरी, जेल समेत हाल्नु पर्ने माग राखेर मु*द्दा दर्ता गरेका छन् ।

तर उनकै पार्टीका नेता शेर्पाले सरिताको पक्षमा अभिब्यक्ति राखेपछि प्रसाई आ*क्रोशित भएका हुन् । यद्दपी शेर्पाले पनि नेपाली भूमीलाई नेपालको होइन भनेर बोल्ने सरिता गिरीको भनाईका कारण आफुले पनि पार्टी भित्र का*रवाहीको माग राखेको बताएका छन् । तर हिन्दी भाषा भने ७७ हजार भन्दा बढी नेपालीहरुले आफ्नो भाषा भनेर यस अघि गरिएको जनगणनामा उल्लेख गरेको बताएका छन् । भिडियोमा दुवै जनाको निकै च*र्काचर्की भएको देखिन्छ ।

शेर्पाले मुलुकमा रा*ष्ट्रघात गर्ने नेकपाकै नेताहरु पनि छन् भन्दै रमेशलाई सरिताकै पछाडी नलाग्न सुझाव दिएका छन् । रमेशले महाकाली महासन्धीका क्रममा रा*ष्ट्रघात गरिएको प्रमाण भए डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा किन का*रवाही नभएको भन्दै प्रश्न गरे । उनले सरिता गिरी मात्र होइन राष्ट्रियता विरुद्ध आवाज काम गर्नेहरु सबैलाई मु*द्दा हाल्न आग्रह गरे । उनले वाइडवडी का*ण्डमा स्वर्गिय रविन्द्र अधिकारी, कोरोनाका कहरकाबीच भ्र*ष्टाचार गर्ने अहिलेका स्वास्थ्यमन्त्री लगायतलाई पनि मु*द्दा हाल्न चेता*वनी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *