Butwal Sandesh

Best Nepali Online Newspaper

सुस्मिताको ह*त्यालाई आ*त्मह*त्या कृपया नभनिदिनुहोस् ! सुस्मिताको ला*सलाइ पहिलो पटक देख्ने दिदी मिडियामा, झ्याल ढोका सबै बन्द गरी लोरोले कि*चि कि*ची मा*रेको रहेछ ! (भिडियो)

Spread the love

असार २ गते दिउँसो करिब २ बजे हेटौँडाको एउटा घर वरपर मानिसहरु झुम्मिएका थिए । ती हुलमा प्रहरी पनि देखिन्थे । रुदैँ कराउँदै केहि मानिस गाडीबाट ओर्लिए । घर भित्र पस्नासाथ प्रहरीको निर्देशनमा भान्सा कोठाको ढोका खोलियो । ढोका खुल्यो र भुइँमा लडिरहेको अवस्थामा देखियो सुस्मिता केसीको शव । कपिलवस्तु वाणगंगा नगरपालिका८,बोडगाउँकी २६ वर्षिय सुस्मिता भारतको दिल्लीमा बिएचएम पढ्दै थिइन् । घरकी एक्ली छोरी सुस्मिताको अध्ययनकै क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोकका रुपेन्द्र थापासँग मागी विवाह भयो । अन्य नवविवाहित जोडी जस्तै यो जोडी पनि असाध्यै खुशी दखिन्थे ।

तर २०७६ को दशैँसँगै सुस्मिताको जीवनमा ठुलो बज्रपात पर्यो । दशैँको अर्को दिन नै ससुरालीबाट हेटौँडा फर्कने क्रममा सुस्मिताका श्रीमानको सडक दु, र्घटनामा परी निधन भयो । अनेक शाहस जुटाउँदै सुस्मिताले जीवन जिउने आँट बटुलिन् । हेटौँडा रुपेन्द्रको घरमा बस्दै आएकी सुस्मिता लकडाउनका कारण माइतीमा थुनिएकी थिइन् ।श्रीमानको ६ महिनाको कामकालागि उनी लकडाउनकै बीच चैत्र १९ गते हेटौँडा फर्किइन् । तर श्रीमानको निधन भएको ६ महिनाको काम सकेसँगै असार १ गते राती सुस्मिताको निधन भयो ।सुस्मिताको निधन लाई देहत्याग भनिए पनि हाल भने उनको निधन र, हष्यमय बन्दै गएको छ ।

कृपया, ह*त्यालाई आ*त्मह*त्या नभनिदिनुहोस्

सुस्मिताको ठुलो बुवा हेम बहादुर खड्काका अनुसार घ*टनाबारे थाहाा पाउने बितिक्कै बिहान ७ बजे बुवा, आमा, ठुलीआमा, छोरा कपिलवस्तुबाट हेटौँडा पुगेको बताउँछन् । आ*त्मह*त्या भन्ने खबर परिवारबाट होइन मेरा एक साथीबाट आएको थियो । करिब २ बजे हेटौँडा पुगेर प्रहरीको अनुमतिसहित भान्सा कोठाको ढोका खोलेर हेर्दा छोरीको श*व देखिन्थ्यो । उनको श*व हेर्नासाथ ज घन्य अ प*राध भएको महशुष गरेँ । कोठा र*क्ताम्य थियो,टाउको क्ष*तविक्ष*त अवस्थामा थियो । अलिकति ढाकेकाले स्पष्ट नदेखेपनि एक आँखामाथि नै प्र*हार गरेको देख्न सकिन्थ्यो । लोहोरोले शि*रमा चो ट पुर्याइएको स्पष्ट देखिन्थ्यो । हामी करिब २ देखि ६ बजेसम्म त्यहिँ रह्याैँ । हामीसँग तस्बिर पनि छ ।

त्यो समयमा,ज्वाईँको परिवारका सदस्यलाई देखेका थिएनौँ । त्यहिँ दिन हामीले सुस्मिताका ससुरा,नन्द र आमाजुका वि*रुद्धमा कि*टानी दियौँ । तर आमाजु दुर्गा थापा हामीभन्दा केहि समय अघि मात्र घ*टनास्थलमा पुगेको भनेर कि*टानी स्वीकृत भएन । हामीले ह, त्याको जाहेरी दियौँ र सुस्मिताको ससुरा प्रकाश थापा जो शिक्षक हुनुहुन्छ र नन्द सीता थापालाई हि*रासतमा लिइएको छ भन्ने जानकारीमा आएको छ ।

वास्तवमा मेरै सामुन्ने पनि पहिले दुर्गाजीले मेरो भाईको नि*धनको कारण तिमीहरु हौ भनेर अनेक लान्छाना लगाउनुभएको थियो। पटक पटक सो परिवारले मेरी छोरीलाई अनेक किसिमको आक्षेप र मानसिक या*तना दिएको हो । सुस्मिताको ह, त्या भएको दिन पनि उनले करिब १० बजे आमासँग मलाई लिन आउनु भनी रोएकी थिइन् । तर पहिले पनि उनले गा*लीगलौच तथा आ*क्षेप लगाएको मसँग गु*नासो पोखेकी थिइन् ।

बीमामा हाम्रो कुनै चासो छैन, हाम्रो चासो सुस्मिताका लागि न्याय हो

ज्वाईँ रुपेन्द्र थापाको नि*धन पछि जीवन बीमाको रकम आउनुपर्ने रहेछ । त्यसकोलागि सुस्मिताले दौडधुप गरेकी थिइन् । ५ वा १० लाख भन्ने सुनिन्छ तर विस्तृत रुपमा थाहा छैन । यसका साथै १७ हजार ५०० सामाजिक सुरक्षाबाट महिनौँ जसो सुस्मिताको अकाउण्टमा आउने गर्दथ्याे। बीमाका केहि कागजमा शेष पछिका हकदारमा ज्वाईँको बुवाको नाम र कतै खाली भएकाले,छोरीको नै हक हुने देखिन्थ्यो। तर हाम्रो चासो बीमामा पहिले पनि थिएन र अहिले पनि छैन । हाम्रो चासो सुस्मिता थिइन् र अहिले पनि सुस्मिताको विभ*त्स ह त्याको ह त्यारालाई हदैभन्दा बढिको स*जाय मिलोस् भन्ने हाम्रो अपिल हो । हाम्रो चासो सुस्मिताकोलागि न्याय हो ।

मैले जानेसम्म प्रहरीको मु*चुल्कामा पनि यस्तै लेखिएको छ । सुस्मिताले डायरीमा पनि या*तनाका कुरा लेखेकी छिन् भन्ने सुनेको छु मैले । ज्वाईँ रुपेन्द्रको किरियाको समयमा छोरीको साथकालागि उनको माइजू हेटौंडा जानुभएको थियो । करिब १३ वा १४ दिनको बसाईमा उहाँले पनि निकै अ*पमान सहनुपर्यो । विशेषगरी माइती पक्षलाई दो*ष दिने देखि ज्वाईँको नि*धनको आ*रोप लगाइरहने खालको या*तना दिने गरिएको थियो । उनीसँग सामाजिक सुरक्षा कोषबाट आउने रकमको हिसाबकिताब पनि परिवारले मागेको भन्ने बारेमा सुस्मिताले नै मलाई भनेकी थिइन् ।

उनले या*तना सहन नसकेर आ, त्मह, त्या गर्छिन् कि भन्ने ठुलो ड र थियो तर ह,त्या नै भयो । हाम्रो सम्पत्तिमा दाबी गर्ने कुनै योजना थिएन र छैन पनि । हाम्रो ठुलो क्ष*ति भइसकेको छ । केवल न्याय चाहिएको छ । यो घट*नाको सम्बन्धमा ह,त्या वा आ,त्मह,त्या भनेर कृपया नसोधिदिनुहोला । ह, त्या भएको स्पष्ट छ । ह, त्यारालाई छिटो भन्दा छिटो कारवाहि होस् । यसै सन्दर्भमा मेरो लगानीले मकवानपुरका डिएसपी इन्द्र बहादुर रानासँग कुराकानी गरेको थियो । डिएसपी रानाले मृ- तक सुस्मिताका ससुरा प्रकाश थापा र नन्द सिता थापालाई हि*रासतमा लिएको जानकारी दिएका छन् । उनले थप अनुसन्धान भइरहेको पनि बताएका छन् । उनले प्रारम्भिक विवरण अनुसार दे*ह*त्या*ग जस्तो नदेखिएको पनि खुलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *