Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाबाट विश्वभर मृ*त्यु हुनेको संख्या ४ लाख ७० हजार नाघ्यो, ९० लाख ६४ हजार भन्दा बढी सं*क्रमित

Spread the love

जेनेभा स्वीट्जरल्याण्ड ८ असार – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृ*त्यु हुने व्यक्तिको संख्या ४ लाख ७० हजार ९ सय ८१ पुगेको छ । साथै यस सं*क्रमणबाट विश्वभर ९० लाख ६४ हजार ७ सय ४९ जना सं*क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार सोमबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बि*रामी भएका ४८ लाख ४९ हजार १ सय ६४ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस सं*क्रमित करिब ३७ लाख ४४ हजार ६ सय ४ व्यक्ति उपचाररत रहेका छन् । सं*क्रमितहरुमा ५४ हजार ७ सय ४२ जनाको अवस्था ग*म्भीर रहेको जनाइएको छ ।

चीनको हु*बे प्रान्तको वु*हान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सं*क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ५६ हजार ७ सय १५ जनामा कोरोना भाइरसका सं*क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २२ हजार २ सय ४८ व्यक्तिको मृ*त्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १७ लाख ७९ हजार ८ सय ७० जना कोरोना भाइरस सं*क्रमति रहेका छन् । यहाँ ७१ हजार ५ सय २४ जनाको मृ*त्यु भएको छ । उत्तर अमेरिकामा २७ लाख ३५ हजार ५ सय ९५ जना कोरोना भाइरस सं*क्रमति रहेका छन् । यहाँ १ लाख ५५ हजार २० जनाको मृ*त्यु भएको छ ।

युरोपमा २३ लाख १० हजार ९ सय ६१ जना कोरोना भाइरस सं*क्रमित रहेका छन् भने १ लाख ८७ हजार ६ सय २६ को मृ*त्यु भएको छ । एसियामा १९ लाख ६ हजार ४ सय ७ जनामा कोरोना भाइरस सं*क्रमण रहेको छ भने, ४८ हजार ३ सय ६५ जनाको मृ*त्यु भएको छ ।अफ्रिकामा ३ लाख ९ हजार ३ सय १ जनामा कोरोना भाइरस सं*क्रमण रहेको छ भने ८ हजार १ सय ४८ जनाको मृ*त्यु भएको छ । ओसियानामा ९ हजार ९४ जनामा कोरोना भाइरस सं*क्रमण रहेको छ भने १ सय २४ जनाको मृ*त्यु भएको छ । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *