बीबीसीले लेख्यो भारतकै यस्तो कदमका कारण नेपाललाई आफ्नो भूमि फिर्ता लिन सहज हुने
काठमाडौं । नेपाल र भारतबीच पछिल्लो समय सीमासम्बन्धी वि*वाद चर्के पनि दुई देशले सम्वाद र सहकार्यकै आधारमा अगाडि बढ्नुपर्ने विज्ञहरूको सुझाव दिएका छन्। बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको केही घण्टामै भारतले आफ्नो आ*पत्ति जनाउँदै उक्त नक्सा नस्वीकार्ने बताएसँगै वि*वाद झन् गहिरिएको हो।
केही विज्ञहरूले भने भारतले चालेको कदम र नेपालको प्रतिक्रियाले दुई देशलाई सँगै बसेर छलफल गर्नका लागि स्पष्ट आधार तय गरिदिएको बताउँछन्। कोरोनाभाइरसको विश्वव्यापी म*हामारीकाबीच चर्किएको सीमा वि*वादलाई दुई देशले कूटनीतिक वा उच्च स्तरीय राजनीतिक छलफलद्वारा टुङ्ग्याउनुपर्ने मत उनीहरूको छ। भूतपूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापा नेपाल र भारत दुवैले विवादित मानेको भूमिमा भारतले आफ्नो हिसाबले काम गरेको अवस्थामा नेपालले प्रतिक्रिया जनाएको बताउँछन्। सीमासम्बन्धी वि*वादका विषयमा कुनै पनि मुलुकसँग सम्झौता गर्ने छुट नहुने बताउँदै थापा नेपालले अहिले पनि सम्वादकै माध्यमबाट समस्या हल गर्न खोजेको र त्यही बाटोमा अघि बढ्नुपर्ने बताउँछन्।
थापा भन्छन्, “सम्वादको ढोका बन्द गर्नु भनेको छिमेकीलाई पछि धकेल्नु हो।” “नेपाल र भारत सम्बन्धमा उतारचढाव नदेखिएको होइन। नेपालले आफ्नो नक्सा निकाल्दै गर्दा पनि सम्वादको बाटो त्यागेको छैन। भारत पनि यस अघिसम्म सम्वादकै पक्षमा देखिएको थियो।” “अब पछिल्लो वक्तव्य पछि चाहिँ सम्वादका लागि भारत कहाँ छ भन्ने कुरा कूटनीतिक तवरबाट नेपालले बुझ्नुपर्छ।”
विश्वासको सङ्कट:भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय पछिल्लो प्रकरणले दुई देशबीचको सम्बन्धमा विश्वासको सङ्कट देखिएको बताउँछन्। भारत सहमतिमा नपुग्दासम्म आफ्नो अडान राखेको अवस्थामा नेपालले अझ गम्भीर रूपमा पहल गर्नु स्वाभाविक रहेको उनी बताउँछन्। उपाध्याय भन्छन्: “नेपालका लागि सुगौली सन्धि अत्यन्त पीडादायी सन्धि थियो।” “नेपालले धेरै जमिन छोड्नु परेको थियो। हाल नेपालले आफ्नो भनेको भूमि विभिन्न प्रमाणले नेपालकै रहेको पुष्टि गर्छ।”
नेपालले पछिल्लो समय बल्ल उक्त विषयलाई प्रभावकारी रूपमा उठाउन पाएको र त्यसै कारण नयाँ नक्सा सार्वजनिक गर्न नेपाल सरकार प्रेरित भएको उनको धारणा छ। उनी भन्छन्, “कोभिड-१९ को सङ्क्रमणको कहिलेसम्म जान्छ। यसलाई नकुरौँ।” “प्रविधिको जमाना छ। यसलाई प्राथमिकतामा राखेर बहस सुरु गरौँ भन्दा पनि भारतले नमाने पछि नयाँ नक्सा जारी गर्न सरकारमाथि राष्ट्रिय दबाव परेको हो। यसलाई भारतले पनि बुझ्नुपर्छ।”
भारतका सञ्चारमाध्यमको ‘तिलको पहाड’ बनाउने प्रवृतिका कारण पनि समस्या झन् गहिरिएको उनले सङ्केत गरे। उपाध्यायले भने, “हाम्रो प्रधानमन्त्रीको आफ्नै बोल्ने शैली छ, स्वभाव छ। केही कुरामा बोल्दा उनीहरूले (भारतीय सञ्चारमाध्यमले) गम्भीर आ*पत्ति जनाएका छन्।” “तीखो टिप्पणी छ तर त्यो राजनीतिक तहमा नहुन पनि सक्छ। यस्ता कुरालाई ग्रहण गरेर दूरगामी रूपमा कूटनीतिक पहल अघि सार्नुपर्छ।”
भारत र बङ्गलादेशबीच पनि निकै वि*वाद भएको सीमासम्बन्धी विवाद समाधान भएको स्मरण गर्दै समस्याको समाधान कूटनीतिक माध्यमबाटै गरिनुपर्ने उनी बताउँछन्। उनले भने, “कर्मचारीतन्त्रमा त्यहाँ नेपालप्रति नकारात्मक भावना छ। मैले त्यो महसुस गरेँ।” “त्यसैले तल्लो तहबाट यो समस्या समाधान हुँदैन। माथिल्लो राजनीतिक तहमा इच्छाशक्ति दृढ बनाएर अघि सर्नु पर्छ।”