Butwal Sandesh

Best Nepali Online Newspaper

४०० मिलियन वर्ष अगाडिदेखि अस्तित्व रहेको खजुरो हेर्दै पोखराका बालिका, जुन डायनोसर भन्दा पनि पुरानो मानिन्छ

Spread the love

पोखरा महानगरपालिका–१३, कमलमार्गमा खजुरो हेर्दै बालिका । वैज्ञानिकहरुका अनुसार आजभन्दा करिब ४०० मिलियन वर्ष अगाडिदेखि अस्तित्व रहेको यो जीव डायनोसर भन्दा पनि पुरानो मानिन्छ । अब, आउनुहोस जानौ के हो त खजुरो अनि यो कति प्रकार को हुन्छ ? बिस्तृत रुपमा जानकारी लिऔ।

खजुरो त तपाईं–हामीले चिनीरहेकै कीरा हो । यस कीरालाई अंग्रेजीमा centipede भनिन्छ । centi को अर्थ सयौं र pede को अर्थ हुन्छ– खुट्टा । अर्थात् centipede को अर्थ हुन्छ–सयौं खुट्टाहरु भएको कीरा । साँच्चै नै, मान्छेहरुले खजुरो भन्नेबित्तिकै हज्जारौं खुट्टा भएको कीरा भनेर सोच्ने गर्छन् । हुन त सामान्य खजुरोको खुट्टा हामीले सोचेजस्तो त्यतिविध्न ज्यादा चाहिँ हुँदैन । सामन्यतः हामीले देख्ने गरेको खजुरोको पन्ध्रदेखि २० जोडा खुट्टाहरु हुन्छन् । तर युरोपमा पाइने एक किसिमको खजुरोको चाहिँ एक सय सतहत्तर जोडा खुट्टाहरु हुन्छन् । उता दक्षिण युरोपमा पाइने हिमानटटम् गेबियलिस नाम गरेको खजुरोको त १७१ देखि १७७ जोडासम्म खुट्टाहरु हुन्छन् । अझ केही प्रजातिका खजुरोहरुको त ४०० वटासम्म पनि खुट्टा हुन्छन् ।

युरोपमै अर्कोथरि खजुरो पाइन्छ जसको नाम स्क्रूटिगेरा कोलियोप्ट्राटा (Scutigera coleoptrata) हो । १५ जोडीसम्म खुट्टा हुने यो खजुरो सबैभन्दा छिटो हिँड्ने खजुरो मानिन्छ । यो खजुरोले प्रतिघण्टा १.८ किलोमिटर दुरी पार गर्न सक्छ । खजुराको शरीरको लम्बाई त्यको जात अनुसार फरक फरक हुन्छ । सामन्यतः एउटा खजुरोको लम्बाई दुईदेखि सत्ताईस सेन्टिमिटरसम्म पनि हुन्छ । सबैभन्दा ठुलो खजुरो चाहिँ बंगालको खाडीस्थित अण्डमान द्वीप–समूहहरुमा पाइने स्कोलोपेन्ड्रा मोरसीटान्सको एक जाति हो । गिनेस बुक अफ वर्ल्ड रेकर्डसमा उल्लेख भएको पछिल्लो रेकर्ड अनुसार पेरुभियन जाइन्ट एल्लो लेग सेन्टिपेड (Scolopendra gigantea) सेन्टिपेड हो । १० इन्च आकारको यो खजुरो भेनेजुएलामा फेला परेको थियो । यो खजुरोले मुसा, छेपारो, भ्यागुतो र चमेरासमेतलाई आफ्नो आहारा बनाउने गर्छ ।

त्यसैगरी, सबैभन्दा सानो खजुरो चाहिँ हफम्यान्स ड्वार्फ सेन्टिपेड (Nannarrup hoffmani ) हो । १०.३ मिलिमिटर (०.४ इन्च) लामो यो खजुरोको ४१ जोडा खुट्टाहरु हुन्छन् । यो कीरा अँध्यारो र ओसिलो जमीनमा बस्न रुचाउँछ । यो कीरा सूर्यको प्रकाशबाट सधैं बच्छ, किनभने सूर्यको प्रकाशले यसको शरीरलाई सुख्खा तुल्याइदिन्छ । शरीर सुख्खा भयो भने यो कीरा बाँच्न सक्दैन । खजुरो मूलतः उत्तर अमेरिका मध्ये अमेरिका, दक्षिण अमेरिका, युरोप र एशियामा पाइन्छ । यो कीरा अँध्यारो र ओसिलो जमीनमा बस्न रुचाउँछ ।

डायनोसरभन्दा पनि पुरानो जीव!

खजुरोको बारेमा सबैभन्दा रोचक कुरा त के छ भने, यो जीव डायनोसरभन्दा पनि पुरानो जीव मानिन्छ । वैज्ञानिकहरुका अनुसार, आजभन्दा करीब ४०० मिलियन वर्ष अगाडिदेखि नै यस संसारमा यो जीवको अस्तित्व थियो। वैज्ञानिकहरुका अनुसार प्राचीन कालमा खजुरो अहिलेको खजुरोको तुलनामा अत्यन्तै विशाल आकारको हुन्थ्यो । उनीहरुको अनुमानमा त्यसबेलाको खजुरी ६.५ फिटसम्म लामो हुन्थ्यो ।

वि*षालु तर मान्छेको मित्र

खजुरोको बारेमा एउटा रोचक अन्धविश्वास हिन्दु धर्मावलम्बीहरुमा रहेको पाइन्छ । यसअनुसार, उहिले इन्द्र भगवानका छोरालाई खजुरोले टोकेर मा*रिदिएको थियो । त्यसैले वर्षाको बेलामा इन्द्र भगवानले खोजीखोजी खजुरोमाथि ब्रज प्रहार गर्ने गर्छन् । यही कारण वर्षाको बेलामा चट्याङ परेको बेलामा ठूला रुखहरुमुनि बस्नु हुँदैन, किनभने, त्यस्तो रुखमा खजुरो हुन्छ र त्यहाँ इन्द्रले बज्र प्रहार गर्छन् ।

यो कुरा पूरै अन्धविश्वास भएपनि त्यहाँ दुईवटा कुरा चाहिँ अवश्य सत्य छन् । त्यो हो–खजुरो वि*षालु हुन्छ । दोस्रो वर्षको बेलामा ठूलोठूलो रुखको मुनि ओत लाग्नु हुँदैन, किनभने, त्यस्ता रुखमा चटयाङ्ग पर्ने सम्भावना बेसी रहन्छ । खजुरो वि*षालु कीराको वर्गभित्र पर्दछ । तर सामान्यतः यो कीरा एकान्तप्रिय हुन्छ । जब यसलाई चलाइन्छ, तब मात्र यसले टोक्छ । तर यो मान्छेको लागि प्रा*णघातक चाहिँ हुँदैन । सामान्य खजुरोको टोकाइ एउटा मौरीको टोकाइजत्तिकै पी*डादायी र वि*षालु हुन्छ । तर कतिपय जंगली प्रजातिको खजुरोको टोकाइले चाहिँ हामीलाई अस्पताल नै जानुपर्ने पनि बनाइदिन सक्छ ।

खजुरो वि*षालु कीराको वर्गभित्र पर्दछ । तर सामान्यतः यो कीरा एकान्तप्रिय हुन्छ । जब यसलाई चलाइन्छ, तब मात्र यसले टोक्छ । तर यो मान्छेको लागि प्रा*णघातक चाहिँ हुँदैन । सामान्य खजुरोको टोकाइ एउटा मौरीको टोकाइजत्तिकै पी*डादायी र वि*षालु हुन्छ । तर कतिपय जंगली प्रजातिको खजुरोको टोकाइले चाहिँ हामीलाई अस्पताल नै जानुपर्ने पनि बनाइदिन सक्छ । एउटा कुरा के सत्य हो भने खजुरोले मानिसलाई आ*क्रमण गर्दैन । तर त्यसलाई चलाइयो भने र त्यसले टोक्न सक्छ । सबै खजुरोले आफ्नो शि*कारलाई मा*र्न वि*षको प्रयोग गर्ने गर्छ । त्यसैले मानिसलाई टोकेको खण्डमा खजुरो जति ठूलो हुन्छ, त्यति नै बढी पी*डादायी हुने हुन्छ ।

रोचक कुरा के छ भने एउटा खजुरोले आफूभन्दा १५ गुना ठूलो शि*कारलाई पनि प*क्रन र मा*र्न सक्छ । यसको वि*षले छेपारो, साङ्लो, मुसा, सर्प र अरु ससाना जनावरहरुलाई समेत पक्षघात तुल्याइदिन सक्छ । यसले टोकेपछि टोकिएको कीरा फट्याङ्ग्रा वा प्राणीहरुमा मुटु, श्वासप्रश्वास, स्नायुप्रणालीमा गडबढी आउने र शि*कारलाई पक्षघात नै पनि हुने गर्छ । टोकेको ३० सेकेन्डभित्रमै यी सब असरहरु भइसक्छन् । यही कारण नै हो, एउटा खजुरोले आफूभन्दा १५ गुनाठूलो शि*कारलाई पनि पक्रन र खान सक्छ ।

खजुरोले आफ्नो जूंगा (antennae) को मद्दतले शि*कार पत्ता लगाउँछ । एन्टेनाकै छेउमा रहेको खजुरोको अघिल्लो एक जोडा खुट्टाले चाहिँ हतियारको काम गर्छ । यसले त्यो जोडा खुट्टाले आफ्नो शि*कार समात्छ । यो खुट्टा खजुरोको विषग्रन्थीसँग जोडिएको हुन्छ । तयही खुट्टाको मद्दतले यसले आफ्नो शि*कारमा वि*ष छोड्छ र प*क्राउ परेको शि*कारलाई मारिदिन्छ । खजुरोको सबैभन्दा प्रिय भोजन सांग्ले—कीरा हो । हाम्रो घरआँगनमा पाइने हा*निकारक कीराहरु यसको मुख्य आहार भएकोले यस कीराले नजानिँदो किसिमले मान्छेलाई सहायता पुर्‍याइरहेको हुन्छ । त्यसैले प्रकृतिविदहरु यस कीरालाई मान्छेको श*त्रु हैन, मित्रको रुपमा लिने गर्छन् र यसलाई नमार्ने सल्लाह दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *