Butwal Sandesh

Best Nepali Online Newspaper

बलिउडमा “करण जोहरले स्टार किडबाहेक अरुको अनुहार हेर्न मन गर्दैन्न”

Spread the love

बलिउडमा नाताबाद हाबी भएर बाहिरबाट आएकाले मौका पाएन्न भनेर बहस शुरु भएको धेरै भयो तर निचोडमा पुग्न भने सकेको छैन । कंगना रनावत बाहिरबाट आएकाहरुलाई पनि सम्मानका साथ मौका दिनुपर्छ नातावाद भन्दा पनि ट्यालेन्ट हेर्नुपर्नेमा बहस गर्दै आएकी छिन् ।

सबैलाई काबुमा राखेको भन्दै कंगनाले बलिउडमा समर्थन पाउने गरेकी छिन् । उनले नेपोटियमलाई खेदो खन्छिन् भने मिडियाले पनि उनको गाली खाइरहन्छन् । सुशान्तले नाताबादबाट दिक्क भएर प्राण त्यागेको कंगनाको बुझाई छ ।

सुशान्त र कंगनापछि फिल्मी परिवार भन्दा बाहिरबाट आएका अभिनेता हुन् आयुषमान खुराना । साना साना बजेटका फिल्म उनको हातमा परेपनि सबैले बक्सअपिसमा धुम नै मच्चाएका छन् । आयुषमान रेडियोमा काम गर्थे पछि उनलाई अभिनयमा रुचि भयो र यो क्षेत्रमा आउन चाहे ।

आयुष्मान खुरानाले लेखेको भनेको पुस्तक “क्य्राकिङ द कोड” को एक भाग “मेरो बलिउड यात्रा” मा रहेको एउटा शव्द भाइरल भइरहेको छ । उक्त्त पुस्तकमा उनले करणको बारेमा लेखेका छन् । “करण जोहर स्टारहरुसँग मात्र काम गर्न रुचाउँछन् । मैले उनलाई काम दिन भनेर बारम्बार बिन्ती गरे । तर उनले अ ह हो भन्दै टारेको टारै गरे”

Leave a Reply

Your email address will not be published. Required fields are marked *