Butwal Sandesh

Best Nepali Online Newspaper

पति गु*माएको ६ महिनामै सुस्मिताको पनि शं*कास्पद नि*धन

Spread the love

हेटौंडा । सडक दु*र्घटनामा ६ महिना अघि मात्र पति गु*माएकी हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको रहस्यमय मृ त्यु ह त्यातिर मोडिएको छ । हालसम्मको अनुसन्धानबाट थापाको नि*धन नभई नियोजित ह त्या भएको प्रहरीले प्रारम्भिक ठहर गरेको छ । असार २ गते भान्सा कोठामा मृ*तावस्थामा श*व फेला परेकी स्मिताको श*व र घ*टनास्थल हेर्दा ह त्या नै अनुमान गरिएको प्रहरीको भनाइ छ । तर, हालसम्म घ*टना रहस्यमय नै रहेको छ ।

घ*टनाबारे अनुसन्धान गर्ने क्रममा उनको ह त्या नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरले जानकारी दिएका छन् । थापाको श*व भान्छामा वि भत्स अवस्थामा भेटिनुले उनलाई त*ड्पाई त*ड्पाई ह त्या गरिएको आशं*कामा अनुसन्धान भइरहेको एसपी राठौर बताउँछन् । मृ*तक थापाको टाउकोमा ग म्भीर चो ट, आँखा फु टाइएको र घाँ टी, हातमा नि*लडा म देखिएको घ*टनास्थल पुगेका प्रहरीहरुले बताएका छन् । मकवानपुर प्रहरीले उक्त घ*टनाबारे अनुसन्धान गरिरहेको छ ।

घ*टनामा सुस्मिताका ससुरा र नन्दको भूमिका शं*कास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको छ । बिहीबार मृ*तककी ससुरा ५८ वर्षीय प्रकाश थापा र मृ*तककी नन्द २३ वर्षकी सीता थापालाई प*क्राउ गरी ज्या*नसम्बन्धी क*सुर मु*द्दामा अनुसन्धान भइरहेको छ । सोही दिन घरमै रहेका ससुरा र नन्दले घ*टनाबारे थाहा नभएको प्रहरीसमक्ष बताएका छन् ।

एक वर्षअघि सुस्मिताको हेटौंडा घर भएका रुपेन्द्र थापासँग विवाह भएको थियो । कपिलवस्तुको बाणगंगा माइती भएकी सुस्मिता र रुपेन्द्रले विवाह गरेपछि उनीहरु कहिले नराम्रो भएको नसुनिएको स्थानीय बताउँछन् । गत मंसिरमा उनीहरु मोटरसाइकलमा कपिलवस्तु गएका थिए । रुपेन्द्र पनि एकरात ससुरालीमा बसे र भोलिपल्ट श्रीमती सुस्मितलाई छाडेर हेटौंडा घर फर्किए ।

घर फर्किने क्रममा नवलपरासी दाउन्नेमा रुपेन्द्रले चलाएको मोटरसाइकल ट्रकसँग ठोकिंदा उनको घ*टनास्थलमै ज्या*न गएको थियो । त्यसयता सुस्मितालाई हेटौंडामा ससुराले कहिले पनि राम्रो सोचेनन् । सधैं नराम्रो सोच्दै गा ली गर्ने गरेको छिमेकीहरु बताउँछन् । त्यसपछि सुस्मिता प्रायः माइतमै बस्दै आएकी थिइन् । लकडाउन हुनुभन्दा ३,४ दिनअघि मात्र सुस्मिता हेटौंडाबाट कपिलवस्तु माइत गएकी थिइन् । लामो बाटोले गर्दा लकडाउनको कारण सुस्मिता लामो समय कपिलवस्तु मै रोकिइन् ।

घ*टनाको दिन सुस्मिताले माइतमा आमासँग राति १० बजेतिर अनलाइनमा कुरा गरेर चाँडै लिन आउनु भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुस्मिताको आमा भन्छिन्, ‘के थाहा त्यही दिन उसको अ*न्तिम दिन हुनसक्छ भनेर । यस्तो हुन्छ भन्ने थाहा पाएको भए केही न केही गरिन्थ्यो होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *