Butwal Sandesh

Best Nepali Online Newspaper

आज परदेशबाट फर्किए ११ सय ९१ नेपाली । साउदी, यूएई र कतारमा समस्यामा परेका नेपाली लिन फेरि जहाज जाँदै

Spread the love

आज विभिन्न देशबाट ११९१ जना नेपाली स्वदेश फर्किएका छन् । जापानको नारिताबाट २४५ जना, कोरियाबाट २२८, कुवेतबाट १५० जना, यूएईको सारजहाबाट १६८ जना, मलेसियाबाट २४५ र बंगलादेशको ढाकाबाट १५५ जना नेपाली स्वदेश फर्किएका नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै आज २६१ जना नेपाली कोरियन एअरमार्फत कोरिया गएका छन् भने २८६ कतार ट्रान्जिट हुँदै कतार एअरवेजमार्फत विभिन्न देश गएका छन् ।

मलेसियाबाट नेपाली लिएर आएको जहाजमार्फत ११ जना नेपालीको श*व पनि आएको छ । लामो समयदेखि मलेसियामा रोकिएका श*व आज आएको हो । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि श*व पनि ल्याउन सकिएको थिएन । यस्तै कुवेतले पनि २ जना नेपालीको श*व आज ल्याएको छ ।

यस्तै साउदीमा समस्यामा परेका नेपाली ल्याउन नेपाल एअरलाइन्स साउदीका लागि उडेको छ भने आज राती यूएईको दुबई र हिमालय एअरलाइन्स कतारको दोहा जाँदैछ ।

Source:Ujyaaloonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *