Butwal Sandesh

Best Nepali Online Newspaper

क्वारेन्टाइन स्थलहरु नै कोरोना सार्ने मुख्य अ*खडा बन्न थालेपछी भदौसम्ममा ३९ हजार भन्दा माथी सं*क्रमित पुग्नसक्ने

Spread the love

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको म*हामारीको सं*क्रमण दर वृद्दी हुदै गएपछि आगामी भदौ पहिलो सातासम्म ३९ हजार सं*क्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । त्यसै गरि आगामी भदौको पहिलो साता कोरोना सं*क्रमिण उच्च विन्दुमा पुग्नसक्ने स्वास्थ्य मन्त्रालयले विश्लेषण गरेको छ । सोहि अनुसार स्वास्थ्य सामाग्री र अस्पतालहरुको व्यवस्थापन गर्न लागिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

यस अघि नेपालमा कोरोना सं*क्रमितको सख्या १५ हजारको हाराहारीमा हुने सरकारले बताएको थियो । तर बिदेशबाट नेपालीहरु भित्रिने क्रम तीव्र हुदै जादा र त्यहाबाट आउनेहरुमा कोरोना सं*क्रमण देखिन थालेपछी मन्त्रालयको पछिल्लो आंकलन सार्बजनिक भएको हो । पछिल्लो समय क्वारेन्टिन स्थलहरु नै कोरोना सार्ने अख*डा बन्न थालेको र त्यहाँ भएकाहरुलाई आरडीटी गरेर घर पठाउँदा सं*क्रमण समुदायमा पुग्नसक्ने खतरा कायमै छ । सरकारले भने अन्य देशको तुलनामा नेपालको संक्रमण र ब्यबस्थापन सन्तोषजनक रहेको बताउदै आइरहेको अवस्था छ ।

दैनिक बढ्दैछ पिसिआर परीक्षण

सरकारले पिसिआर परीक्षणको दायरा क्रमशः बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दिनमा पिसिआर परीक्षणको सङ्ख्या बिस्तारै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विभिन्न २४ वटा प्रयोगशालामा सात हजार ४१६ वटा नमूना परीक्षण गरिएको कोभिड–१९ को जानकारी दिन हिजो स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो अहिलेसम्मकै उच्च हो ।

शुक्रबार जम्मा छ हजार २३१ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । सरकारले यही असार १५ गतेदेखि दैनिक १० हजार नमूना पिसिआर विधिबाट परीक्षण गर्ने तयारी गरेको छ । हालसम्म पिसिआर विधिबाट एक लाख ६९ हजार १६५ नमूनाको परीक्षण गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार हजार ४२६ सहित हालसम्म दुई लाख ५२ हजार ३०० जनाको आरडिटी परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

मुलुकभरका क्वारेन्टिनमा एक लाख दुई हजार २४५ जना रहेका छन् । आइसोलेशनमा रहनेको सङ्ख्या सात हजार पाँच छ । पछिल्लो २४ घण्टामा १८ महिला र १५८ पुरुष गरी कूल १७६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १४१ महिला र एक हजार ४३७ पुरुष गरी कूल एक हजार ५७८ पुगेको छ । कोरोनाबाट हालसम्म २२ जनाको मृ*त्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३३१ स*ङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना स*ङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स*ङ्क्रमितमा ४९ महिला र २८२ पुरुष छन् । यससँगै नेपालमा कूल स*ङ्क्रमितको सङ्ख्या आठ हजार ६०५ पुगेको छ । कूल स*ङ्क्रमितमध्ये ७५६ महिला र सात हजार ८४९ पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट कसैको पनि मृ*त्यु नभएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशमा एकै दिन १०८ स*ङ्क्रमित थपिए

गण्डकी प्रदेशमा आज मात्र १०८ जना नयाँ स*ङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले साँझ ७ः४५ बजे जारी गरेको विज्ञप्तिअनुसार ५० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । हालसम्म प्रदेशमा स*ङ्क्रमित ४८८ जना पुगेका छन् । यससँगै हिमालपारिको जिल्ला मुस्ताङमा समेत कोरोना स*ङ्क्रमण पुष्टि भएको छ । प्रदेशका अन्य १० जिल्ला स*ङ्क्रमण देखिँदा मुस्ताङमा देखिएको थिएन । मुस्ताङको घरपजोङ गाउँपालिकाका ८३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

पछिल्लो अद्यावधिक विवरण अनुसार बाग्लुङमा २९, तनहुँमा दुई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १८ र मुस्ताङमा एकजना छन् । यसअघि बिहान कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बाग्लुङमा गरी ५८ जनामा नयाँ स*ङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ स*ङ्क्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेकाहरु भएको र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा हालसम्म स*ङ्क्रमितको सङ्ख्या ४८८ पुगेको छ । हालसम्म स्याङ्जामा ७६, नवलपरासीमा १३३, बागलुङमा १०३, पर्वतमा ४३, गोर्खामा ४१, तनहुँमा ७०, कास्कीमा १५, म्याग्दीमा चार तथा लमजुङ, मुस्ताङ र मनाङमा एक÷एकजना स*ङ्क्रमित छन् । हालसम्म ३९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एकजना स*ङ्क्रमितको भने मृ*त्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *