भारतले फेरी लगायो अघो*षित ना*काबन्दी

काठमाडौं । भारतले नेपालमाथि फेरी लगायो अ*घोषित ना*काबन्दी । भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिदिए अघो*षित नकाब*न्दी लगाएको छ ।

लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भइरहेको थियो । तर अहिले एकाएक नेपाली वस्तु निर्यात हुन दिइएको छैन । विना कारण भारतले नेपाली सामानलाई सीमामा रोकेर राखेको छ ।

नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नालाल जैन भन्छन,’भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गरिएको हो । तर, भारतीय प्रहरीले पुलबाट प्रवेश गर्नै दिएन ।’

उनका अनुसार बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोक्यो । भारतीय पक्षले गाडी अगाडी जान नदिएपछि फर्काउन पनि नमिलेको भन्दै जैनले सबै गाडी मेची पुलमा अलपत्र परेको बताए ।

नेपालबाट चिया, अलैंची र अम्रिसोका गाडी भारत र बंगलादेशका लागि पठाइएको हो । चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात हुँदै आएको छ । मेची भन्सार कार्यालयले कुनै पनि नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न बंगालले नदिएको जानकारी दियो ।

भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार नेपाली सामान नल्याउनु भन्ने आदेश भारतीय प्रहरीलाई दिइएको छ । त्यहि अनुसार नेपाली सामान भारतीय प्रहरीले सीमामा रोकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *