Butwal Sandesh

Best Nepali Online Newspaper

परदेशमै अ*स्ताउन कसलाई रहर होला र ? कस-कसको यति धेरै श*व ल्याइयो आज ? हेर्नुहोस परदेशि दाजुभाइ दिदिबहिनीको बा*ध्यता

Spread the love

काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा सन्नाटा छायो । जसै आकाश कालो नीलो बनेको थियो, त्यहाँ जम्मा भएकाहरुको अनुहार त्योभन्दा बढी धुम्म थियो । एकैदिनमा २४ नेपालीको श*व आएकाले यहाँ भिडभाड थियो, त्यही भिडमा विरक्तिएर बसेकी थिइन् बुढीआमा कोइकुमाया घले। उमेर ७० काट्न लागेकी उनलाई यो चटक्क परेको एयरपोर्टमा बस्न सकस परिरहेको छ।

उनलाई यहाँ यति छिट्टै आउन मनै थिएन, मन भारी बनाएर काठमाडौंमा टेक्नु पनि थिएन । सात महिनाअघि विदेश जाने बेलामा छोरी सोनुले भनेकी नै थिइन्, ‘२ वर्षपछि भेटुँला है आमा ।’अबको डेढ वर्षपछि खुसीसाथ छोरीको स्वागतको लागि यहाँ आउनेबारे सोचेकी थिइन् कोइकुमायाले । तर विधाताले छल्यो, उनी छोरीलाई हैन, उनको श*व बुझ्न विमानस्थल आउनुपर्‍यो।

अरू आफन्तले ‘तपाईं जानुपर्दैन आमा’ भनेकै हुन्, तर उनको मन मानेन्, ‘मेरी छोरी लिन म जान नपाउनु ?’उनी विमानस्थलमा कहिले छटपटाउँदै थिइन् त, कहिले एकोहोरो टोलाउँदै थिइन् । वरपर जम्मा भएका आफन्तले उनलाई सम्हालिन साथ दिएका नै थिए । र पनि आमाको मन न हो, उनी बेला–बेला भक्कानिन्थिन् । श*व निकालिने गेटतिर हेरिरहन्थिन् । सोनुलाई दुबई गएको चार महिनामै ब्लड क्यान्सरले छिनेर लग्यो ।

जानेबेलासम्म हट्टाकट्टा मान्छेलाई त्यति छिट्टै रोगले कसरी च्याप्यो होला ? सोनुका आफन्तहरूको प्रश्न अनुत्तरित छ । रोग लागेको थाहा भएको एकहप्तामै सोनुले संसार छाडेको सत्य कुरा आफन्तहरूलाई त कुनै नमीठो कथाजस्तो बन्न पुगेको छ । सोनुको १८ वर्षका छोरा छन्, नेपाल आर्मीको तालिम सकेर ‘पासिङ आउट’को तयारी गर्दैछन् । आफू र भाइकै लागि भनेर आमाले कुवेतमा पुगेर ज्यान गुमाउँदा उनी विक्षिप्त छन् । सेनाले तालिममा उनलाई कठोर बन्न सिकाएको छ । तर आमा गुमाउँदाको पीडाको अघि त्यो कठोरता काम लाग्दैन र काम गरेको पनि छैन । अब १५ वर्षका भाइ र बुबाको रेखदेख उनैले गर्नुपर्ने भएको छ ।

आमाको सपना अधुरै

त्रिभुवन विमानस्थलमा लकडाउनअघिसम्म दिनमा करिब दुईवटा शव आउँथे । गुजारा नचलेपछि परिवारको छाक टार्ने सपना लिएर आकाशमा उडेका धेरै युवाहरू बाकसमा फर्किनुपर्ने बाध्यताको सिलसिला लामो समयदेखि चलिरहेकै छ। यही दुःखदायी कहानीका एक पात्र हुन् धर्मकुमार थापा । ६ महिना नेपालमा छुट्टी मनाएर फर्किनासाथै धर्मले कतारमा ज्या*न गु*माउनुपर्‍यो ।

हेमन्त रानाको गीतमा भनिएजस्तो ४० कटेर पनि रमाउन नपाएका उनले ५० कटेपछि त कसो जिन्दगी रमाइलो नहोला भन्ने नसोचेका होइनन् ।‘बुढ्यौली लाग्नै लाग्यो, अब धेरै समय विदेश बस्दिनँ’ भनेर विदेशिएका धर्मलाई दैवले चटक्कै चुँडेर लगिदियो । ४९ वर्ष उमेरमा पराइ भूमिमा ज्यान गुमाएका धर्मकुमारका जेठा छोरा राजकुमार भोजपुरको षडानन्दबाट भर्खर काठमाडौं झरेका छन् । उनले किशोर अवस्था पार गरेका छैनन् र पनि अब बुबाको शवमा काँध उनैले हाल्नु छ ।आमाको मात्रै होइन, अरू दुई भाइको सहारा बन्नु छ ।

ठिकठाक चलिरहेको जिन्दगीमा आएको यो दुःखको पहाडलाई पार लगाउनु छ। फेरि ठिकठाक बनाएर जिन्दगी चलाउनु छ ।हिजोसम्म बुबाकै भरमा बाँचिरहेका राजकुमारलाई अब परिवारका लागि ‘राजा’को जस्तै जिम्मेवारी बोक्नु छ । उनलाई अब बुबाको भूमिका आफैँले देखाउने बेला आएको राम्रोसँग थाहा छ । त्यसैले त आत्मविश्वासका साथ भन्छन्, ‘अब परिवारलाई मैले नै सबै हेर्नुपर्छ, आमा र भाइहरूलाई साथ दिनुपर्छ ।’

राजकुमारलाई जिन्दगीले यसरी छल गर्ला भन्ने कुनै कल्पनासम्म थिएन । उनलाई आफ्ना बुबा कहिलेदेखि विदेश जान थाले भन्नेसम्म पत्तो छैन, उनी जब बुझ्ने उमेरका भए, त्यतिबेलासम्म धर्मकुमार विदेशमै थिए । धर्म समय-समयमा नेपाल आइरहन्थे । छोराछोरीका लागि लुगाकपडा र उपहारहरू ल्याइरहन्थे । यसपटक धर्म आएनन्, केवल आयो धर्मको श*व ।

गुलियो चकलेट लिएर आउने बाबुको श*वले राजकुमारहरूको मन अमिलो बनायो । समय नै उनीहरूलाई साह्रै तीतो र नमीठो लागेको भाव उनीहरूमा देखिन्थ्यो । लकडाउनअघि नै कतारमा धर्मकुमारले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । सरकार र कम्पनीले त उतै सद्गत गर्न जोडबल गरिरहेकै थिए ।तर राजकुमारकी आमा तयार थिइनन्, उनकी दिदी पनि अन्तिमपटक बुबाको मुख हेर्न चाहन्थिन्। तर आमाले लकडाउन नखुल्दै धर्मको श*व काठमाडौं आउने भयो।

घरबाट आमा, दिदी र भाइहरू काठमाडौं आउन सम्भव भएन।त्यसैले राजकुमार नै अघि सर्नुपर्‍यो । अब यो वर्षामा भोजपुरसम्म श*व लैजान पनि नसकिने भयो ।‘पशुपतिमा लगेर जलाउँछौं, घर लैजान सम्भव भएन,’ उनले भक्कानिँदै भने, ‘आमा र दिदीले बुबाको मुख हेर्ने धोको राख्नुभएको थियो, पूरा हुन पाएन ।’उनी शुक्रबार बेलुका नै गाडी रिजर्भ गरेर भोजपुर जानेछन्, घरमा आमालाई सम्हाल्नुछ ।

कर्म गर्नेलाई भाग्यले अन्याय गर्‍यो

विदेशबाट फर्किने बासकहरूमा शव मात्र हैन, अधुरा र अपूरा सपना पनि फर्किन्छन् ।‘कर्मको फल मीठो हुन्छ’ भनेर विदेशिएकालाई ‘भाग्य’ले ‘मृत्यु’को बिल्ला भिराएर फर्काउँछ । सिन्धुपाल्चोकका पेम्बानोर्बु लामासँग पनि भाग्यले यस्तै अन्याय गर्‍यो । २९ वर्षका पेम्बा ३ वर्षदेखि विदेशमै थिए । एक वर्षअघि घर छुट्टीमा आएर फर्किँदा आफन्तलाई भनेका थिए, अब फर्किएर बिहे गर्छु । तर न उनको बिहे गर्ने सपना पूरा भयो, न धन कमाएर परिवारलाई खुसीसाथ राख्ने योजना नै । उनको त्यो बिरानो भूमिमा नै देहा*न्त भयो ।

उनी पछिल्लोपटक विदेश फर्किँदासम्म सबै ठिकठाक थिए । छरितो ज्यान भएका पेम्बालाई पनि थाहा थिएन कि उनलाई यति चाँडै संसारबाट बि*दा हुनुपर्छ । उनमा एकाएक ब्रे*न ट्यु*मर देखियो । अस्पताल भर्ना भए । तर उपचारकै क्रममा ज्यान गयो । हेलम्बु ३ घर भएका पेम्बा बित्दा उनको परिवारमा ठूलो बज्रपात परेको छ ।

पेम्बा परिवारका एक मात्रै छोरा, त्यसमाथि सबै आर्थिक जिम्मेवारी आफैँले बोकेका थिए । आमा, बुबा र बहिनीलाई भनेका थिए, ‘म छँदैछु केको पिर ।’उनी दुबईमा केएफसीको चेन रेस्टुरेन्टमा काम गर्थे । ठिकै कमाउँथे । परिवारलाई उतिसारो पिर पनि थिएन । एकाकएक पेम्बा अस्ताएपछि उनको परिवार विक्षिप्त बनेको छ। उनका फुपूका छोरा भन्छन्, ‘हामी सबै शोकमा डुबेका छौं । तर सम्हालिनैपर्छ ।’पेम्बाको श*व उतै अन्त्येष्टि गर्न प्रस्ताव आएकै थियो । तर आफ्नो परम्पराअनुसार नेपालमै गर्ने परिवारको अडान थियो । त्यसैले त पेम्बा नफर्किए पनि उनको शव फर्किएको छ र अब पेम्बाको अस्तु आफ्नै सिन्धुपाल्चोकको माटोमा मिल्नेछ ।

आडभरोसा ढल्यो

यो एयरपोर्टको भिडमा सबैका आफ्नै दुःख कहानी छन्, शोक छ । रो*दन र पी*डा छ । त्यहीँ उभिएकी छिन् कल्पना आले । उनी बारम्बार आँखामा चुहिएको आँसु पुस्छिन्, मन सम्हालेर रुनबाट रोक्न खोज्छिन् । तर पनि पी*डाले उनका आँखाका डिल ओभाउनै दिँदैनन् । कल्पनाका भाइ मानबहादुर आले, पनि बाकसमै फर्किएका छन् ।

३१ वर्षकै उमेरमा मानबहादुरले कुवेतमा ज्यान गुमाउनुपर्‍यो । साँझसम्म फोनमा बोलेका मानबहादुर बिहान उठ्दा जीवित थिएनन् । त्यसैले त कल्पनालाई यो सत्य स्वीकार्न गाह्रो भइरहेको छ । आफ्नो मात्रै हैन, साइला दाइको परिवारको पनि आडभरोसा थिए, मानबहादुर । दाइ भारत गएर नफर्किएपछि दाइका छोराछोरी पनि आफैंले राखेर हुर्काउने, बढाउने र पढाउने सपना र योजना थियो उनको ।

५ जना बालबच्चाको हेरचाह गर्नकै लागि हो, उनले विदेश जाने निर्णय लिएको । तर, उनी यो संसारमा छोटो समयको पाहुना मात्रै बने । विदेशमा रात साँझ–बिहान नभनी हाड घोटिरहेका उनको सास दैवले छिनेर लग्यो । त्यो पनि अकारण, कुनै संकेतसम्म नगरी । ‘बेलुका भाइलाई विदेशको क्वारेन्टाइनमा खाना पुर्‍याएर आएर सुतेको मान्छे बिहान थिएन,’ कल्पना भन्छिन्, ‘भगवानले हामीलाई नराम्ररी छले ।’

कस-कसको श*व ल्याइयो ?

शुक्रबार मात्रै २४ नेपालीको श*व काठमाडौं आइपुगेको छ । कतारबाट कतार एयरवेजमार्फत २०, कुवेतबाट जजिरा एयरमार्फत २ र दुबईबाट नेपाल एयरलाइन्स र साउदीबाट हिमालय एयरलाइन्स मार्फत एक-एक वटा श*व काठमाडौं आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ । कतारबाट बर्दियाका शुकराम थारु, सर्लाहीका अरुणकुमार पञ्जिपुर, मस्तक सैक र मनोज पासवान छन।

महोत्तरीका शिवकुमार राउत र अनिल चौधरी, धनुषाका चाउतारवा मण्डल खत्वे छन । मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यमबहादुर थापा, सिराहाका काशीनन्द्र यादव र रुपेशकुमार मण्डल छन। कपिलवस्तुका मोहम्मद अलामा मुसलमान, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापामगरको शव काठमाडौं आएको छ । त्यस्तै, कतारबाटै सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङका युवराज अधिकारी,

भोजपुरका धर्मकुमार थापा र मंगलबहादुर तामाङ, उदयपुरका मीनबहादुर थापा र सुर्खेतका नरबहादुर कामीको श*व ल्याइएको छ । कुवेतबाट नुवाकोटकी सोनी तामाङ र संखुवासभाका मानबहादुर आलेको श*व पनि ल्याइएको छ । यूएईबाट पनि सिन्धुपाल्चोकको पेम्बानुर्बू शेर्पा श*व पनि आएको छ । यही शवहरूलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा काफन्तले सद्गत गर्ने स्थानसम्म पुर्‍याउनेछ ।

केही परिवारले शव ढुवानीका लागि बोर्डमा निवेदन दिएका छन् भने केही परिवार काठमाडौं आउन बाँकी छ । बोर्डले लकडाउनका कारण काठमाडौं आउन सम्भव नभएका मृ*तकका परिवारसँग सम्पर्क गरेर घरसम्मै श*व लैजाने व्यवस्था गर्ने कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *