Butwal Sandesh

Best Nepali Online Newspaper

नवराज बिक घ*टना प्र*करण: १४ वर्षको उमेरमा रङ्गिएको सिउँदो १८ वर्षको उमेर मै पुछियो…

Spread the love

काठमाडौं । गत जेठ १० गते भएको घ*टनाले जाजरकोटका ६ होनहार युवाले ज्या*न गुमाए । नवराज विकको प्रेमिकालाई वेहुली बनाएर भगाउन भन्दै गएका १९ युवा मध्य ६ जनाको नि*धन भयो ।

रुकुम चौरजहारी स्थित युवतीको घर गएका उनीहरुलाई स्थानियको आ क्रमणमा पनि ज्या*न गयो । उनीहरुको श*व भेरी नदिमा फेला पर्यो । अहिले घ*टनाको अनुसन्धान जारी छ । तर त्यो घट*नाले शेभे विक र गीता बिकको भने जिवन नै उजा*डीएको छ ।

एउटा मात्र छोराको नि*धनले उनीहरुको परिवार भताभुंग भएको छ । कलिलो उमेरमा विवाह गरेर ल्याएकी बुहारी पनि १७ वर्षको उमेरमै वि*धुवा वनेकी छन् भने २ वर्षकी नातिनीले बुवाको अनुभव पनि गर्न पाइनन् ।

जाजरकोटको भेरी नगरपालिका, मोटेला टोलकी सुनिता सुनारको आँखा जेठ १० गते देखि ओभाएका छैनन् । काखमा २ वर्षको छोरी लिएर त्यसै टोलाउँछिन् । उनको विवाह ४ वर्ष अघि वारी रुकुम पश्चिमको चौरजाहरी नगरपालिका–१, लामिछाने गाउँका टीकाराम विकसंग भएको थियो ।

कलिलै उमेरमा विवाह गरेका यि जोडीले विवाह गरेको २ वर्षमै छोरीलाई जन्म दिएका थिए । विवाह गर्दा सुनिताको उमेर १४ वर्षको मात्र थियो । सुनिता पनि बाबुआमाकी एकमात्र छोरी हुन्, यता टिकाराम पनि शेरे र गीताका एकमात्र छोरा थिए ।

१४ वर्षको उमेरकै टिकारामलाई माया गरेर सिउँदो रंग्याएकी सुनिताको १८ वर्षकै उमेरमा रंगिन सिउँदो पुछिएको छ । बुहारी भित्र्याउँदा शेरे र गीता निकै खुसी भएका थिए । दुई वर्ष पछि नातिनी पनि धर्तीमा आएपछि त्यो खुसी दुईगुना भएको थियो ।

तर जेठ १० गतेको घ*टनाले अहिले उनीहरुको सबै खुसी भताभुंग पारिदियो । टीकारामको श*व जेठ ११ गते भेरी नदीमा फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *