Butwal Sandesh

Best Nepali Online Newspaper

आज बिहानै बागलुङ, कास्की, स्याङ्जा र नवलपरासीमा गरी २४ जना सं*क्रमित थपिए

Spread the love

काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जनामा कोरोना भाइरस सं*क्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना र स्याङ्जामा ६ जनामा कोरोना सं*क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना सं*क्रमण पुष्टि भएकाहरुको संख्या ३४८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीहरु सबैजना भारतबाट फर्किएका हुन् । सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना भाइरस सं*क्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । जसमध्ये २२ जनाको मृ*त्यु भएको छ भने १ हजार १८६ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *