Butwal Sandesh

Best Nepali Online Newspaper

आमा पाल्नलाई दाजुभाइको अ*दालतमा मु*द्धा, फैसला सुनाउन न्यायाधीश नै धुरुधुरु रोए…!

Spread the love

अदालतमा एउटा मु*द्दा आयो , जुन मु*द्दाले सबैको दिमाग हल्लाइ दियो। अदालतमा सम्पत्ति बि*बाद र अन्य घरायसी बि*बादित केसहरु आइ नै रहन्छन् । तर यो मु*द्दा धेरै नै फरक किसिमको थियो । एक ७० बर्षको बृद्ध ब्यक्तीले आफ्नो ८० बर्षिय दाइलाई अदालतमा मु*द्दा दिएका थिए । मु*द्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृद्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिक सँग ले राख्न सकेको छैन । तर मैले प्र*तिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौका दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागि मलाई जिम्मा लगाइयोस ।

यो मु*द्दाले न्यायाधीश महोदय लाई समय लिएर सोच्न बाध्य बनायो र कानुनी रुपमा यो मु*द्दा निकै चर्चाको बिषय पनि भयो। न्यायाधीश महोदयले दुइभाइलाई सम्झाउनको लागि कोशिश गरे कि तपाइँहरु १५र१५ दिन राख्नुहोस् आमालाई । तर दुबै भाइलाई यो भनाइले केही असर पारेन। जेठो दाइको भनाई थियो कि म आफ्नो स्वर्गलाई आफुबाट टाढा किन राखु । आमाले यो भनुन कि , आमा मुसँग बस्दा कुनै समस्या छ । वा मैले आमाको स्याहार सुसार राम्रोसँग गरेको छैन भने अबस्य कान्छाभाई लाई आमाको जिम्मा लगाउँनुहोस् ।

कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा एक्लै गर्दै आइरहनु भको छ । आखिर म आफ्नो कर्तव्य कहिले पूरा गरुँ । निराश हुँदै न्यायाधीशले सबै प्रयास गरे तर कुनै हल भएन । अन्ततः न्यायाधीशले आमाको राय बुझ्नको लागि आमालाई उपस्थित हुनको लागि भने । र न्यायाधीशले सोधे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छ ? आमा ३० किलो जति वजनकी, धेरै नै जमजोर थिइन् । र धेरै नै मुस्किलले कान्छो छोराले दाजुको घरबाट बोकेर अदालत सम्म ल्याइ पुर्‍याएका थिए।

आमाले दुस्ख मान्दै भनिन मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फैसला सुनाएर अर्को छोराको मन दुखाउन चाहन्न । तपाईं न्यायाधीश हुनुहुन्छ , निर्णय गर्ने तपाईंको काम हो । जे तपाईं निर्णय गर्नुहुन्छ त्यही नै मान्य हुने छ । आखिर न्यायाधीश महोदयले गरुँगो मन बनाएर निर्णय सुनाए कि यो न्यायलय कान्छो भाइको भावनामा सहमत छ कि जेठो दाजु साचै नै बूढो र कमजोर हुनुहुन्छ । यस्तो अबस्थामा आमाको स्याहार सुसार गर्ने जिम्मा कान्छोभाइ लाई दिने निर्णय गरियो ।

अदालतको फैसला सुनेपछि जेठो दाजु जोड-जोडले रुन लागे कि यस बृद्धअबश्थामा मेरो स्वर्गलाई म बाट खोसियो। अदालतमा भएका न्यायाधीश(सहित सबैजना रुन लागे । भन्नुको तात्पर्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झ*गडा होस् त यस स्तर को होस् । आमा मेरो हो। आमा मैले पाल्न पाउनुपर्छ भन्दै झ*गडा होस र बृद्वाश्रममा पुर्‍याइएका छोराछोरिलाई थाहा लागोस कि बाआमाको महत्त्व। बाआमालाई बृद्वाश्रमा राख्नु भनेको पा*प हो । हामिले यो मु*द्दाबाट यो शिक्षा पायौं कि, बुबाआमाको मन कहिले दुखाउनु हुँदैन ।। यो लेख सन्तोष कार्कीको फेसबुक वालबाट साभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *