पल शाह, बले र रियाशाको नयाँ भिडियो `ए है माया´सार्वजनिक [हेर्नुहोस् भिडियो]

काठमाडौं, ४ असार / कोभिड १९ नियन्त्रण र रोकथामका लागि भएको लामो बन्दाबन्दीपछि पल शाह, सागर लम्साल (बले) र रियाशा दाहाल एउटै म्युजिक भिडियोमा देखिएका छन् ।

बन्दाबन्दी खुकुलो भएपछि भौतिक दूरी कायम गरी निर्माण गरिएको ‘ए है माया’ बोलको गीतको भिडियोमा पल, बले र रियाशासँगै टिकटकका हिट जोडी सुधिर श्रेष्ठले पनि अभिनय गरेका छन् ।

दिपक शर्माको संगीत, श्यामस्वेत रसाइलीका एरेन्ज रहेको गीतमा मेलिना राई र सरोज ओलीको स्वर छ । गीतको शब्द गायक ओली आफैले लेखेका हुन् भने भिडियो निर्देशन पनि उनी आफैंले गरेका छन् ।

विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतीले खिचेका हुन् । भिडियोमा क्वारेन्टाइनमा रहेकी युवतिप्रतिको मायालाई देखाइएको छ ।

भिडियोले कोरोना सं*क्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोही अनुसार व्यवहार गर्नु पर्ने सन्देश प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *