नेपाल र पाकिस्तानले पनि सैन्य जवाफ दिन सक्छन, त्यो भारतका लागि वि*नाश*कारी बाटो हो : चीन

एजेन्सी । भारतसंग सिमाना जोडिएका सबै छिमेकीसंग अहिले भारतको सम्बन्ध चि*सिएको छ । कुनै पनि मुलुकसंग भारतको राम्रो सम्बन्ध छैन । पाकिस्तानसंग लामो समय देखि सिमा वि*वादका कारण ल*डाई जारी छ भने चीनको सिमाना लपद्दाकमा २० जना भारतीय सेनाको ज्या*न जानेगरी भि*डन्त भएको छ । नेपालसंग पनि अहिले सिमा विवाद पेचिलो बन्दै गएको छ । नेपालको जमिनमा तिब्बतको मानसरोवर जाने बाटो बनाएपछि नेपालले क*डा प्रतिवाद गरेको छ ।

नेपालले पनि भारतद्धारा अति*क्रमित भूमी समेटेर नयाँ नक्सा जारी गरेको छ । चीनसंगको सिमाना लद्दाकमा वारम्बार झ*डप जारी छ । यसै विषयमा चीनको सरकारी धारणा सार्वजनिक गर्ने समाचार माध्यम ग्लोबल टाइम्सले भारतलाई सबै छिमेकी मुलुकसंग सम्बन्ध नविगार्न भारतलाई चे*तावनी दिँदै सम्पादकिय लेखेको छ । भारतलाई अमेरिकाको इसारामा वि*वाद निम्त्याएको आ*रोप लगाएको ग्लोबल टाइम्सले भारतसंग वि*वाद रहेका सबै छिमेकी मुलुक मिलेर सैन्य यु’द्ध गरे भारतलाई अप्ठेरो पर्ने चेता*वनी दिएको छ । अमेरिकाको इसारामा चीनविरुद्ध लागेको भन्दै ग्लोबल टाइम्सले भारतका लागि जवाफी का*रबाहीका लागि चीन तयार रहेको बताएको छ ।

भारत चीन सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका ८१ समूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले यु द्धका लागि विभिन्न उपकरणको प्रयोग गरिएकोसमेत प्रष्ट पारेको छ । ग्लोबल टाइम्समा लेखिएको छ, कोरोना महा*मारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद गरिरहेको छ । पाकिस्तान चीनको विश्वसनीय रणनीतिक साझेदार हो । नेपालसँग चीनको घनिष्ठ सम्बन्ध छ । यी दुई देश चीनको बेल्ट एण्ड रोड परियोजनामा साझेदार हुन् । यदि भारतले सीमा विवादलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सैन्य दबाबको सामना गर्नुपर्ने हुनसक्छ । सम्पादकीयमा लेखिएको छ त्यस्तो अवस्था आयो भने भारतको विनासकारी हार हुन्छ ।

भारत र चीनबीच भएको झ डपका विषयमा नेपालले अहिले सम्म सरकारी तवरले कुनै प्रतिकृया जनाएको छैन । तर जनस्तरवाट भने दुवै देशलाई वार्ताका माध्यमवाट समस्या समाधान गर्न आग्रह सहित धर्ना दिइएको छ । काठमाडौंमा भएको धर्नामा अधिकारवादीहरुले शान्तीका पक्षमा लेखिएका प्लेकार्ड बोकेका थिए । लद्दाकमा भएको भिडन्त पछि उत्पन्न तनाव वार्ताबाट समाधान गर्न माग गरी शान्ति समाजले धर्ना दिएको हो । भारत र चीन दुवै देशले आफूहरु वार्ताबाटै समस्या समाधानको पक्षमा रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *