Butwal Sandesh

Best Nepali Online Newspaper

राजा चाहियो भन्दै काठमाडौंमा विशाल प्रदर्शन

Spread the love

काठमाडौं। युवाहरुको समूहले राजतन्त्र पुन:स्थापना माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठन र युवा संगठनका नेताहरुसहितको सहभागितामा राजावादीहरुले प्रदर्शन गरेका हुन्। राप्रपाको युवा संगठनका नेता विशेषा तामाङको नेतृत्वमा युवाहरुले बौद्धमा राजतन्त्र चाहियो भन्दै प्रदर्शन गरेका हुन्।

‘राजसंस्था पुनःस्थापनाको माग राखी देशभक्त, राष्ट्रवादी युवाहरुले प्रदर्शन गरेका हुन्’, उनले भने,’ राप्रपाका एकजना युवा जनक फडेराले भने, ‘देश लथालिङ्ग भइसक्यो। अब यसलाई सम्हाल्ने काम राजाले मात्रै गर्न सक्छन्, त्यसैले करिब डेढ सय युवाहरुले स्वतफुर्त प्रदर्शन गरेका हुन्।’

समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको नयाँ नक्सा र सीमाको कुरा उठाउँदा आफू असुरक्षित भएको बताएकी छिन । एक अन्तरवार्ताको क्रममा उनले यस्तो बताएकी हुन । उनले भनिन,- ‘म एकदमै असुरक्षित महसुस गरिरहेको छु, म के गरुँ भन्नुस् त ।’

९० बर्षीय आफ्ना बुबा विरा*मी भएकोले भेटघाटको लागि माईत जानलाग्दा सिरहाको ठाडी नाकामा प्रहरीले रोकेको बताऊदै उनले राज्यले आफूलाई गिर*फ्तार गर्न खोजेको आरो*प समेत लगाईन । तर उनी अहिले नयाँ नक्सा र सीमाका विषयमा विवा*दित भएको हुनाले सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले उनलाई सीमा क्षेत्रबाट फर्काएको बुझिएको छ । उनले परिवार भेट्न भनेपनि सांसद गिरी कार्यकर्ता भेट्न भारत जान लागेको बुझिएको छ ।

सिमानामा खटिएका सशस्त्र प्रहरीका एक अधिकृत अनुसार उनलाई दशगजा नजिकबाट फिर्ता पठाइएको हो । ती अधिकृतले भने, अहिले बोर्डर बन्द छ, यस्तो बेलामा माननीयज्यू भारततर्फ जानुहुँदैन भनेर हामीले सम्झायौं, उतातिर भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश दिन मिल्दैन भन्यो । उहाँ फर्किनुभयो ।’

सांसद गिरीको माइती बिहार हो भने घर सिरहाको बस्तिपुरमा पर्छ । भारतले आफ्नो दावी गर्दै आएको लिपुलेक, लिपियाधुरा र कालापानी क्षेत्र नेपालले आफ्नो नक्सामा समेटेपछि गिरीले त्यसको वि*रोध गर्दै आएकी थिइन्। पछिल्लो समय उनीविरुद्ध सडकमा निरन्तर प्रदर्शनहरु भएका थिए। गिरीको माइत भारत हो। भारत सरकारले भारतको बिहार प्रवेशका लागि जोगवनी वा रक्सौल नाका खुला गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *