Butwal Sandesh

Best Nepali Online Newspaper

सु*त्केरी अवस्थामा छोडेर गएका श्रीमान् ५ महिने छोरी च्यापेर खोज्दै गर्दा श्रीमान् अर्कै केटीको अङ्गालोमा फेला परेपछि…

Spread the love

पोखरा — सँगै जुग कटाउने आसमा जीवनसाथीलाई जोवन सुम्पिएकी मनिका माझीको सपना एक्कासि गर्ल्यामगुर्लुम्म ढल्यो, जब दुई जिउकी बनाएर अलपत्र छाडेका श्रीमान् खोज्दै जाँदा घरमा अर्की श्रीमती भएको पत्ता लाग्यो।

तिनै श्रीमान् सुत्केरी मनिकालाई अस्पतालमै छाडेर सम्पर्कविहीन भए। पाँच महिनाकी छोरी लिएर मनिका अब न माइत जान सक्छिन्, न घर।

आमा बितेर बुबाले अर्की ल्याएपछि रामेछापकी मनिका ८ पढ्दापढ्दै काठमाडौं झरेकी थिइन्। त्यहाँ खाद्यान्न पसलमा काम गरिन्। गत वर्ष उनको भेट तनहुँका बलबहादुर सुनारसँग भयो। खाद्यान्न ओसार्ने गाडीमा काम गर्ने बलबहादुर र मनिकाको माया बस्यो।

गत वर्षको जेठमा बिहे गरे। बलबहादुरको मोबाइलमा एक महिलाको फोन आइरहन्थ्यो। बलबहादुरले बहिनी भनेर चिनाउँथे।मनिका ग’र्भवती भइन्। मंसिरमा बलबहादुर एक्कासि हराए।

घर पुगेपछि उनी झल्याँस्स भइन्। बलबहादुरको घरमा पहिले नै अर्की श्रीमती रहिछन्। त्यसअघि पनि बलबहादुरले अर्की महिलालाई बिहे गरेर छाडेको थाहा भयोमनिका माझी पाँच महिनाकी छोरीका साथ पोखराको रानीपौवामा। तस्बिर : दीपक/कान्तिपुर

मनिकासँग खाने खर्च पनि थिएन। श्रीमान् सम्पर्कविहीन भएपछि उनले जेठानी दिदीलाई फोन गरिन्। भाडाको कोठा नजिकै बस्ने बुटवलकी एक महिलाले गाडी भाडाको जोहो गरिदिइन्। ग’र्भवती भएको सात महिना चल्दै गर्दा उनी श्रीमान् खोज्दै तनहुँको काहुँ शिवपुर पुगिन्। घर पुगेपछि उनी झल्याँस्स भइन्।

बलबहादुरको घरमा पहिले नै अर्की श्रीमती रहिछन्। त्यसअघि पनि बलबहादुरले अर्की महिलालाई बिहे गरेर छाडेको थाहा भयो।मनिकालाई हिँडडुल गर्न गाह्रो हुन्थ्यो। उनको त्यस्तो अवस्था देखेपछि बलबहादुरकी आमाले छोरालाई हकारिन्। काठमाडौंदेखि तनहुँसम्मको लामो र केही कच्ची बाटोको यात्राले मनिकालाई धपेडी भयो।

सात महिनामै बेथा लाग्यो। श्रीमान् र सासूले उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए। मंसिर २१ मा उनले अप्सरालाई जन्म दिइन्। अप्सराको तौल १ किलो ३ सय ग्राममात्रै थियो। अस्पतालले राख्नुपर्छ भन्दाभन्दै १५ दिनमै मनिकाको डिस्चार्ज भयो। श्रीमान्‌ले ज’बर्जस्ती घर लिएर गएको मनिका बताउँछिन्।

घर पुगेपछि उनीप्रति राम्रो व्यवहार भएन। ‘सुत्केरी हुँदा ४० हजार रुपैयाँ खर्च भएछ,’ हाल पोखरामा रहेकी उनले भनिन्, ‘मैले कमाएर तिर्नुपर्छ भनेका छन्।’ ग’र्भावस्थामा पोषिलो खानेकुरा नपाएकाले उनको दूध आएन। छोरी बिरामी परिन्। माघ २३ मा बलबहादुरले आमा छोरीलाई अस्पताल लिएर आए।

मनिकालाई २ हजार रुपैयाँ थमाएर त्यसैले उपचार गर्न भने। उनलाई अस्पतालमै छाडेर उनी त्यसै दिन घर फर्किए। पछि आउँछु भनेर गएका श्रीमान् त्यसपछि फर्किएनन्, न फोन नै गरे। मनिकाले फोन गर्दा ‘सम्पर्क हुन सकेन’ मात्रै भनिरह्यो। अरूको नम्बरमा फोन गर्दा उठेन।

पोखरामा न कोही चिनेको थियो न कोही आफन्त नै। आफ्नै खुसीले माइतबाट निस्किएकी उनलाई उता फोन गर्ने आँट आएन। सानिमाकै कुरा सुन्ने बुबाले खर्चपानी पठाइदेलान् भन्ने एकरत्ती आस थिएन उनलाई। बरु, अस्पतालले उपचार खर्च बेहोर्‍यो। अस्पतालमै खानबस्न दिइयो। चैत ११ मा लकडाउन सुरु भएपछि भने उनलाई आपत् पर्‍यो।

अस्पतालकै कर्मचारी थिइन् बिना तामाङ। उनी पोखरा–९ नयाँबजार बस्थिन्। एक छोरा र एक छोरीसँग भाडाको कोठामा बस्नु क’ष्टकर नै थियो। मनिकाको दुःख उनले आफ्नोभन्दा ठूलो ठानिन्।

मन बाँध्न सकिनन्। आफैंसँग लिएर गइन्। आमालाई दुई छाक खुवाउने र बच्चालाई दूधको जोहो बिनाले जसोतसो गरिरहेकी थिइन्। लकडाउन लम्बिँदै जाँदा उनलाई पनि गाह्रो पर्‍यो। नयाँबजारमै रहेको नवप्रभात माविमा स्थानीयको पहलमा आश्रयस्थल बनाइएको उनले थाहा पाइन्।

घरमा सौता छ, माइतमा सानिमा। अब कहाँ जाने,’ उनले भनिन्, ‘मलाई यहीँ ठिक छ। अब अलि सक्ने भएपछि यतै केही काम गरेर छोरी हुर्काउँछु। अरू केही इच्छा छैन

अलपत्र परेका मजदुरलाई राख्ने, भोकै रहेकालाई खुवाउने उद्देश्यले वडासचिव लोकदर्शन कोइराला, विद्यालय, आमा समूह र केही युवाले आफैं सहयोग संकलन गरेर आश्रयस्थल बनाएका थिए। बिनाले मनिकालाई आइतबार त्यहीँ लगिन्। त्यतिबेलै रानीपौवाकी प्रमिला तझ्याँ ९ मजदुर लिएर पुगेकी थिइन्।

गोरखाबाट पोखरा हुँदै रुकुम हिँडेका मजदुरलाई उनले त्यहाँ लगेकी थिइन्। बिनाबाट मनिकाबारे सबै बुझिन्। सुत्केरीलाई विद्यालयको कोठामा राख्न उचित ठानिनन्। मनिकालाई आफ्नो घर लगेर राख्ने प्रस्ताव गरिन्। मनिका तयार भइन्।

अहिले मनिका पाँच महिनाकी छोरी अप्सरासँग प्रमिलाको घरमा बस्छिन्। प्रमिलाले तीन छाक खाना र बच्चालाई दूधको व्यवस्था गरेकी छन्। मनिकाको पनि दूध आउन थालेको छ। ‘गर्भवती हुँदा पनि पक्कै पोषिलो खानेकुरा नभएको हुनुपर्छ,’ प्रमिलाले भनिन् ।

अन्तभन्दा यहीँ सुरक्षित हुने ठानेर ल्याएर राखेँ।’ मनिकाको बारेमा थाहा पाएपछि गैरसरकारी संस्थाले जिम्मा लिन नखोजेको होइन। प्रमिलाकै मनले मानेन। ‘लकडाउन नखुल्दासम्म मैले स्याहारसुसार गरेर राख्छु,’ उनले भनिन्, ‘त्यसपछि भने उनको अधिकारका लागि पहल गर्छु।’

मनिकासँग न नागरिकता छ न त विवाह दर्ता। अप्सरा जन्मँदा अस्पतालले दिएको प्रमाणपत्रमात्रै छ। उनलाई अब घर फर्केर जाने इच्छा पनि छैन। ‘घरमा सौता छ, माइतमा सानिमा। अब कहाँ जाने,’ उनले भनिन्, ‘मलाई यहीँ ठिक छ। अब अलि सक्ने भएपछि यतै केही काम गरेर छोरी हुर्काउँछु। अरू केही इच्छा छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *