प्रमोद खरेल बने छोरीका बाबु, आफु बाबु बने पनि खुसि साट्न नसकेकोमा दु:खी हुँदै यस्तो पोस्ट गरे
काठमाडौं – चर्चित गायक प्रमोद खरेल बाबु बनेका छन् । उनी आज छोरीका बाबु बनेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफु छोरीबो बाबु बनेको जानकारी गराएका हुन् । उनले घरमा लक्ष्मीको आगमन भएको बताउका छन् ।
उनले सामाजिक संजालमा लेख्दै भनेका छन् ‘जिन्दगीले अर्को खुसिको आकाश छोडेको छ’ घरमा लक्ष्मीको आगमन बहेको छ तर भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा )को कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन । उनले अगाडी लेखेका छन्, तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बॉडने असीमित चाहना हुदाहुदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो। खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा डा. शिव चालिसे डा गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं ।
प्रमोद खरेल नेपाली आधुनिक तथा पार्श्व गायक हुन्। उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रुपमा परिचित छन्। खरेलले हालसम्म विभिन्न किसिमका २००० भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन्। सरगरमाथा म्युजिक अवार्ड २०७५ मा खरेलले सर्वोत्कृष्ट गायक (आधुनिक) विधाबाट अवार्ड प्राप्त गरेका थिए। खरेल धनगढी प्रिमियर लिगको दोस्रो संस्करणमा गुडविल राजदूत बनेका थियो। खरेल नेपाली वास्तविक टेलिभिजन कार्यक्रम द भोइस अफ नेपाल का निर्णायक पनि हुन्। खरेलको जन्म वि.सं २०३७ साल कार्तिक १० भारतको शोणितपुर जिल्लामा बुवा बलभद्र खरेल र आमा विष्णु शर्मा खरेलको पहिलो सन्तानको रुपमा भएको थियो।
उनले लेखेको स्टाटस जस्ताको तस्तै तल हेर्नुहोस
उनले फेसबुकमा भनेका छन् – जीन्दगीले अर्को खुशीको आकाश छोएको छ, घरमा #लक्ष्मी को आगमन भएको छ … तर..???????? भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा ) को कठिन संघ*र्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन…त*नावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बॉडने असीमित चाहना हुदाहुदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो। खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा डा. शिव चालिसे डा गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं ।