Butwal Sandesh

Best Nepali Online Newspaper

म्याच फि*क्सिङको अ’भियोग लागेका पूर्वकप्तान सागर थापासहित छ खेलाडीहरुलाई सफाइ

Spread the love

सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई स’फाइ दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फै’सला सदर गर्दै खेलाडीलाई सफाइ दिने फैसला गरेको हो ।

सफाइ पाउनेहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, खेलाडीहरु अञ्जन केसी र डेबिड थापा रहनुभएको छ । विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन कप्तान थापासहितका खेलाडीलाई २०७२ असोज २७ गते प्रहरीको अ’पराध महाशाखाले पक्राउ गरी जेठ २४ गते विशेष अदालतमा राज्यविरुद्धको क’सूरमा मु’द्दा चलाएको थियो । यसअघि नै विशेष अदालतले सफाइ दिने फैसला गरेको थियो ।

त्यसैगरी, चौरजहारी–८ सोती घट*नामा अ*भियोग लागेका नौ जनाको आज बयान सकिएको छ । कर्तव्य ज्या*न, ज्या*न मा’र्ने उद्योग, जातीय भे’दभाव र छु’वाछुत गरी तीन क’सूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताउनुभयो ।

अ’भियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उहाँको भनाइ छ । बयान बुधबार पनि हुने छ । घ*टनामा संलग्न रहेको आ’रोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मु’द्दा परेको छ । दुई नाबालकसहित ३३ जनालाई क’र्तव्य ज्या*न, ज्या*न मा’र्ने उद्योग, जातीय भे’दभाव र छु’वाछुत तथा एक जनालाई म’तियार क’सूरमा मु’द्दा परेको छ । आइतबार अभियोग दर्ता भएपछि सोमबार दुई नाबालकको बयान र थुनछेक ब’हस सकिएपछि मु*द्दा पु’र्पक्षका लागि तिनलाई बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिएको थियो । गत जेठ १० गते चौरजहारी नगरपालिका–८, सोतीमा भएको घट*नामा जाजरकोट, भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक जनाको मृ*त्यु भएको थियो ।

यसैबीच युग पाठक, सङ्गीत, जेबी विश्वकर्मा, मोहन साशङ्कर, राम नेपाली, विजय विश्वकर्मा र स्ुष्मा बरालीको अध्ययन टोलीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी घट*नामा जातीय वि’भेद देखिनाका साथै सरकार र राजनीतिक दलहरुको भूमिका कमजोर देखिएको भनी प्रतिवेदन सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *