Butwal Sandesh

Best Nepali Online Newspaper

चीनसँग लद्धाखमा यु*द्वको स्थिति बनेपछि नेपालमा छुट्टि मनाइरहेका गोर्खाली सेनालाई भारतले फिर्ता बोलायो

Spread the love

चीनसँग लद्धाखमा यु द्व को स्थिति बनेपछि नेपालमा छुट्टि मनाइरहेका गोर्खाली सेनालाई भारतले फिर्ता बोलाएको छ। भारतमा कोरोना भाइरसको सं*क्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टि मनाउन घर फर्किएका थिए। तर, चीनसँग उत्तरी सीमा वि*वाद चुलिएपछि भारतीय सेनाले छुट्टि मनाइरहेका गोर्खालीलाई जागिरमा फर्किन आदेश दिएको हो।

भारतीय सेनामा ७० हजारको हाराहारीमा नेपालीहरू कार्यरत छन्। गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा अत्याधिक मात्रामा कार्यरत छन्।

भारतमा नेपाली सेनाको उपस्थिति सन् १८१५ देखिको मानिन्छ, जब ब्रिटिश सत्तासँग नेपालको कुमाउमा हार भएको थियो। सन् १९४७ मा ब्रिटिश शाषकले भारतलाई सत्ता सुम्पिएर जाँदा गोर्खाली सेनाको ४ रेजिमेन्ट आफूले र भारतलाई ६ रेजिमेन्ट छोडेर गएका थिए। त्यो बेलादेखि नै नेपालीहरू भारतीय सेनामा कार्यरत छन्।

भारतीय अखबारका अनुसार दुई दिन यतादेखि बुटवलको सुनौली बोर्डरबाट गोर्खाली सेना भारत प्रवेश गर्न थालेका छन्। नेपाल–भारत बोर्डरमा उनीहरूको थर्मल स्क्यानिङ भएको छ। हाल भारतमा गोर्खाको ७ रेजिमेन्टअन्तर्गत ३९ बटालियन छन्। सन् १९६२ मा भारत–चीनबीच यु*द्व हुँदा पहिलो बटालियनमा कार्यरत मेजर धनसिंह थापालाई भारतीय सेनाको उच्च सम्मान ‘परमवीर चक्र’ बाट सम्मानित गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *