Butwal Sandesh

Best Nepali Online Newspaper

फ्यानले सोधे- तपाईंको ‘ह*ट’ तस्वीर कुन ? वर्षाले देखाइन् यस्तो !

Spread the love

नायिका वर्षा सिवाकोटी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। वर्षाले सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तस्वीरले मिडियामा पनि चर्चा पाइरहेका छन् ।

केहि पहिलासम्म मिडियामा खासै नछाउने वर्षाले गसिप बजार बारे सायद बल्ल बुझेको हुनुपर्छ। उनी, अब फ्यानहरूसँग पनि जोडिन थालेकी छिन् र मिडियामा पनि छाउन थालेकी छिन् ।

सामाजिक सञ्जालमा दर्शकसँगको प्रश्नको जवाफ दिने शैली नेपाली कलाकारहरूले पनि समय-समयमा पछ्याएका छन् । यही भिडमा नायिका सिवाकोटी पनि अगाडि आएकी छिन् ।

लकडाउनको समयमा घरमै रहेकी वर्षाले फ्यानलाई मनमा लागेको प्रश्न सोध्न आग्रह गरेपछि उनलाई केही फ्यानले मनमा लागेको जिज्ञासा सोधे ।

एक फ्यानले उनलाई तपाईंको हट तस्वीर कुन होला भनेर सोधेका छन् । जसमा वर्षाले सारी लगाएको तस्वीर राख्दै धन्यवाद दिएकी छिन् ।

साथै वर्षाले पूर्व प्रेमीसँग सम्पर्कमा रहन आवश्यक छ कि छैन ? भनेर सोधिएको एक प्रश्नमा आफ्नो समय बर्बाद नगर्न भन्दै सुझाव दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *