Butwal Sandesh

Best Nepali Online Newspaper

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ हटस्टारमा

Spread the love

बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइन स्ट्रिमिङ प्लेटफर्ममार्फत रिलिज हुने भएको छ । सोमबार निर्देशक मुकेश छाब्राले ‘दिल बेचारा’ फिल्म अनलाइन स्ट्रिमिङ प्लेटफर्म हटस्टारमार्फत रिलिज हुने जानकारी गराएका थिए ।

कोरोना भाइरस म*हामारीको जो*खिम कम गर्न लकडाउन गरिएसँगै फिल्म हल बन्द भएपछि मे ८ मा प्रदर्शन हुने तय भएको ‘दिल बेचारा’ फिल्म रिलिज हुन पाएको थिएन । त्यसअघि गत वर्षको नोभेम्बरमा ‘दि बेचारा’ फिल्मको रिलिज मिति तोकिएको थियो ।

अभिनेता राजपुत र सञ्जना सांघी अभिनित ‘दि बेचारा’ फिल्म सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ बलिउड रिमेक हो । सुशान्तको अन्तिम फिल्ममा सँगै अभिनय गरेकी अभिनेत्री संजना संघीले रुदै उनको आत्माको शान्तिको कामना गरेकी छिन् ।

सुशान्त टेलिभिजन हुदै बलिउडमा उदाएका कलाकार हुन् । बलिउडमा नेपोटिजम अत्याधिक मात्रामा रहेकाे पाइन्छ । सुशान्तको मृत्युपछि कंगना रनावतले भिडियो सन्देश जारी गर्दै सुशान्तलाई बलिउडले नचिनेको बयान दिएकी छिन् । उनले भनेको कुरा बलिउडले सुशान्तलाई नचिनेर पढ्न सकिन्छ ।

त्यस्तै नेपालमा पनि यो क्रम जारी नै रहेको छ । स्टार किडहरुलाई मिडियाले गर्ने व्यवहार र बाहिरबाट आएकालाई गर्नेव्यवहार फरक रहेको बताउने गरेको पाइन्छ । मंगलबारमात्र वर्षा शिवाकोटीले पनि आक्रोश पोखेकी छिन् । क‌ंगनाको समर्थन गर्दै वर्षा शिवाकोटीले भनिन् “नेपाली फिल्म उद्योगमा पनि परिवारवाद हाबी छ” उनको यो स्टाटसबाट नेपोटिजमले फिल्मी उद्योगलाई नराम्रोसँग गाँजेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *