Butwal Sandesh

Best Nepali Online Newspaper

फेरी काठमाडौंमा बढन थाल्यो कोरोना !

Spread the love

काठमाडौँ : काठमाडौं उपत्यकामा फेरी कोरोना सं*क्रमित भेटिएका छन् । सोमबारको अद्यावधिक विवरणअनुसार सोमबार थप ४ सय ५१ जनामा कोरोना सं*क्रमण पुष्टि भएको छन ।

जसमा काठमाडौं उपत्यकाका ५ जना रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना सं*क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिकमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएअनुसार संक्रमितको संख्या भने ६२ सय ११ जना पुगेको छ ।

कोरोना सं*क्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् । थप ६७ जना कोरोना सं*क्रमित डिस्चार्ज भएका छन् । जसमध्ये ६० पुरुष तथा ७ महिला रहेका छन् ।

यो पनि पढ्नुहोस: घटना हुनुभन्दा १ दिन अघि गर्लफ्रेन्डलाई लिएर कहाँ गएका थिए सुशान्त ?

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुत एक युवतीसंग प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनी रिहासंग प्रेममा रहेको र दे*हत्या*ग गर्नु एक दिन अघि मात्र उनले आफ्नो प्रेमिकालाई घर पठाएको खुलासा भएको छ । प्रहरीले उनले यस्तो निर्णय गर्नुको कारण वारे गरेको अनुसन्धानमा उनको जिवनको अर्को पाटो बाहिर आएको हो ।

भारतीय समाचार माध्यमहरुले शुसान्तले त्यस्तो निर्णय गर्नु एक दिन अघि बलिउड मोडल रिहा चक्रबतीलाई घरसम्म छाडेका थिए । उनीहरु दुवैजना गहिरो प्रेममा रहेको पनि समाचारमा दावी गरिएको छ । उनीहरु केही समय देखि दुवैजना लिभ इन रिलेसनमा रहेको पनि उक्त सञ्चारमाध्यमले उजागर गरेको छ ।

उनीहरु प्रेममा रहेको कुरा भारतीय सञ्चार माध्यमले दावी गर्दै संगै रहेका तस्विर र भिडियो सार्वजनिक गरेका थिए । ति तस्बिर र भिडियोमा उनीहरु निकै खुसी देखिन्थे । उनीहरुले लुकिछुपि धेरैपटक भेट गरेको एक मिडियाको क्यामेरामा कैद भएको थियो ।

उनीहरुले सोसल मिडियामा रोमान्सले भरिएका तस्विरहरु शेयर गर्थे जहाँ दुई जना नै अत्यन्तै हर्षित अनुहारमा देखिन्थे । उनीहरुको प्रेम सम्बन्धका बारेमा थाहा पाएका सुशान्तका परिवारले विवाहको कुरा पनि चलाएका थिए । तर अचानक सुशान्तले यस्तो निर्णय गरेपछि उनकी प्रेमिका भने देखापरेकी छैनन् । प्रहरीले रिहाको घरमै गएर वयान लिएको जनाएको छ । सुशान्तले देहत्याग गर्नु अघि अन्तिम पटक उनलाई पनि फोन गरेको फोन रेकर्डमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *