Butwal Sandesh

Best Nepali Online Newspaper

सर्बोच्चले सरकारसँग माग्यो शेयर बजार लामो समय बन्द राख्नुको कारण

Spread the love

काठमाडौं- शेयर बजार खुलाउन माग गर्दै सर्बोच्चमा परेको रिटको सुनुवाइ गर्दै सर्बोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेकोझ छ। सर्बोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले यस्तो आदेश दिएको हो।

अधिवक्ताहरु हरिप्रसाद दाहाल र रपिश पोखरेलले दायर गरेको सार्वजनिक सरोकारको रिटको पहिलो सुनुवाईमै सर्बोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

अधिवक्ता द्वय दाहाल र पोखरेलले दायर गरेको रिटमा आइतबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिक्ताहरु द्रोण दाहाल र सरोजकुमार गिरी तथा निवेदनकर्ता अधिक्ताद्वय दाहाल र पोखरेलले बहस गरका थिए।

अनलाईन कारोबारसमेत सम्भव रहेको शेयर कारोबार आफैले बनाएको पाँचदिन भन्दा बढी रोक्न नमिल्ने विधि विपरित अनिश्चित कालसम्म रोक्दा त्यसले व्यक्तिका मौलिक हक नै कुण्ठित भएको भन्दैरिट दायर भएको थियो।

अर्को सुनुवाईमा सर्बोच्चले सरकारलाई अन्तरिम आदेश दिने र शेयर बजारलाई व्यवस्थित गर्न सरकारलाई दिशानिर्देश गर्ने निवेदक अधिवक्ता दाहालको विश्वास छ। – सगरमाथा टिभि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *