Butwal Sandesh

Best Nepali Online Newspaper

ऐतिहासिक संविधान संसोधनमा सहभागी हुन नपाएका अ*भागी यी १२ सांसद

Spread the love

काठमाडौं, ३२ जेठ । नेपालको इतिहासमा हिँजो शनिवार विशेष कामले महत्वपूर्ण रह्यो । हिँजो दिनलाई नेपालमा अब सम्झन लायक दिन हुनेछ । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जारी गरेको भएको नयाँ नक्सा र सोही अनुसारको शिनान छाप अनुमोदन गर्न शनिवार नेपालका सबै राजनीतिक पार्टी एक भएको दिन हो । तर संविधान संशोधन पारित गर्ने दिन प्रतिनिधिसभा बैठकमा १२ सांसद भने अनुपस्थित रहे । सांसद सरिता गिरी आफ्नो कुरा राख्न नपाएपछि संसदवाट बाहिरिइन् भने अन्य सांसद उपस्थित भएनन् ।

२ सय ७५ सदस्यीय संसद सदस्यमध्ये २ सय ५८ ले मात्र संशोधनका पक्षमा मतदान गरेका छन् । बाँकी १७ मध्ये सभामुख अग्नि सापकोटा तटस्थ बसेका थिए । विजयकुमार गच्छदार र आफताब आलमसहित चार सांसद निलम्बित भएका कारण उपस्थित हुने सम्भावन भएन । संसदमा शनिबार अनुपस्तिथ हुने १२ मध्येसत्तारुढ नेकपाकै सांसद पनि छन् । जसले संसदमा संविधान संसोधनको प्रस्ताव अन्तर्गत अनुमोदन प्रस्ताव दर्ता गराएको थियो ।

बैठकमा नेकपाका सांसदहरु हरिबोल गजुरेल, धनबहादुर बुढा, शिवकुमार मण्डल, गोपालबहादुर बम सहभागी भएनन् । यस्तै काँग्रेस सांसदहरु सूर्यबहादुर केसी, ज्ञानकुमारी छन्त्याल, नागेन्द्र पासवान तथा राजपाकी अमृता अग्रहरी, दुलारी देवी खत्वेनी र प्रमोद साह तथा समाजवादीका सूर्यनारायण यादव र सरिता गिरी मतदानमा सहभागी भएनन् । अग्रहरि र गिरी बैठकमै आएर पनि मतदानमा सहभागी नभई बाहिरिएका हुन् । राजपा सांसद अग्रहरि संसद् गएको भएपनि तर पखाला लागेकाले छिटै फर्किएको बताइन्

नेकपाका हरिबोल गजुरेल शौचालयमा लडेका कारण बिरामी छन् । बाँकी सबैले बिरामी भएको बहाना बनाए पनि उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । तर संसदमा उपस्थित हुन नसकेका सांसदहले पनि आफुहरुको प्रस्तावमा समर्थन रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *