Butwal Sandesh

Best Nepali Online Newspaper

२९ जिल्लाबाट ३७५ पुरुष र ५० महिला गरि ४२५ कोरोना सं*क्रमित आज थपिए, कुन जिल्लाबाट कति ? हेर्नुहोस विवरणका

Spread the love

काठमाडौं । कोरोना सं*क्रमणको दर नेपालमा उच्च गतिमा देखिएको छ । पर्याप्त सा*वधानी अपनाए पनि सं*क्रमित पहिचानको दर निकै बढेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ४२५ जनालाई कोरोना सं*क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले नियमित प्रेस बिफिङका क्रममा ३७५ पुरुष र ५० महिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । यो संगै कोरोना सं*क्रमितको संख्या ५ हजार ७६० पुगेको छ । जसमा ५ हजार ३२४ पुरुष र ४३६ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा ३० जिल्लामा सं*क्रमण देखिएको छ ।

मोरङका २५, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७, बाराका ९, सर्लाहीका ६, रौतहटका ७६, नवलपरासी पूर्वका २, बझाङका ५, डडेल्धुराका २७, डोटीका ३, कैलालीका १२, कञ्चनपुरका २०, बर्दियाका ३, बाँकेका ३, रुकुम पश्चिमका १, प्यूठानका २, दाङका ५४, धनुषाका १, रामेछापका २, गुल्मीका ८, रुपन्देहीका २६, पाल्पाका १७, सुर्खेतका ४०, दैलेखका २९, सिन्धुलीका १, धादिङका २५ र रुकुम पूर्वका ७३ जनालाई कोरोना पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको सख्या ९७४ पुगेको छ जसमा छ ८७७ पुरुष र ९७ जना महिला रहेका छन् । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको पीसीआर परीक्षण भएको जानकारी दिदै हालसम्म पीसीआरबाट १ लाख ३३ हजार ३७७ जनाको परीक्षण भएको बताउनुभयो ।

हालसम्म आरडीटिबाट २ लाख १० हजार ७२१ को परीक्षण भएको छ जसमा २० हजार १३९ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा बसिरहेका छन् । हाल ४ हजार ७६७ सं*क्रमितहरु आइसोलेसनमा रहेका छन् । यस्तै हालसम्म कोरोनाका कारण मृ*त्यु हुनेको संख्या १९ पुगेको छ । गुल्मी धुर्कोटका ३६ वर्षका पुरुषको जेठ १२ गते कोरोना पुष्टि भएका उहाँको जेठ ३१ गते राती आइसोलेसनमा उपचारका क्रममा मृ*त्यु भएको थियो । उहाँ क्या*न्सरका बि*रामी समेत हुनुहुनुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *