दु*र्घटनामा गाउँपालिका अध्यक्ष राजकुमार शर्माको मृ*त्यु

काठमाडौं। नवलपरासीमा सवारी दु*र्घटनामा गाउँपालिका अध्यक्षको मृ*त्यु भएको छ । प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सवारी दु*र्घटनामा मृ*त्यु भएको हो।

गाउँपालिका अध्यक्ष शर्मा सवार लु १ झ ३७० नम्बरको गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्ष्मीनगरको पुलमा ठो*क्किएर खोलामा ख*सेको छ । गाउँपालिका अध्यक्ष शर्मा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा दु*र्घटनामा पर्नुभएको हो ।

दु*र्घटनामा ग*म्भीर घा*इते शर्माको नजिकको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृ*त्यु भएको प्रहरीले जनाएको छ । दु*र्घटनामा चालक घा*इते भएका छन् ।

शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष बन्नु भएको हो । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ४ हजार ४ सय ३६ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *