Butwal Sandesh

Best Nepali Online Newspaper

‘सिक्किम’को डकुमेन्ट्रीमा लिम्पियाधुरासहित नेपालको चुच्चे नक्सा प्रयोग भएको भिडियो भेटियो (हेर्नुस् भिडियो)

Spread the love

काठमाडौं : चार दशक अघिसम्म लिम्पियाधुरासहितको नेपालको नक्सा प्रयोगमा रहेको तथ्य बाहिर आएको छ। सन् १९७१ मा सिक्किमी राजा चोग्यालको लगानीमा सत्यजित रेले निर्देशन गरेको वृतचित्र ‘सिक्किम’ सेलुल्याईट डकुमेन्ट्रीमा लिम्पियाधुरासहित चुच्चे नक्सा स्पष्ट देखिएको छ।

सिक्किमको सार्वभौमसत्ताको बारेमा यो डकुमेन्ट्री केन्द्रित छ। रे भारतका तत्कालीन चर्चित चलचित्र निर्देशक हुन्। अहिले पनि रेलाई भारतको चलचित्र क्षेत्रको ठूलो सम्मानको रुपमा हेर्ने गरिन्छ।

भारतमा विलय हुनुपूर्व सिक्किमले आफ्नो संस्कृति र सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको विश्वलाई देखाउन यो डकुमेन्ट्री बनाएको थियो। त्यो डकुमेन्ट्रीमा सिक्किमको भेषभूषा, कला, संस्कृति, धर्म, जातजातिलगायतका विषयमा चर्चा गरिएको छ। भारत र चीनबाट सार्वभौमसत्ता ख*तरामा रहेको अवस्थामा यो डकुमेन्ट्री बनाइएको हो।

यो डकुमेन्ट्रीमा सगरमाथा र ब्रहमपुत्र नदीको चर्चा गरिएको छ। पूर्वमन्त्री जयप्रकाश गुप्ताले अंग्रेजी भाषाको यो डकुमेन्ट्रीमा नेपालले हाल प्रशासित गरेको चुच्चे नक्सा प्रयोग गरिएको पाइएको बताए। उनले यसको स्क्रिन सट समाजिक सञ्जालमा पोस्ट् पनि गरेका छन्।

उनले लेखेका छन्, ‘अंग्रेजी भाषाको यो डकुमेन्ट्रीमा, नेपालको हाल चर्चामा रहेको चुच्चे नक्सा प्रयोग गरिएको रैछ। जस्को स्क्रिन शट यहाँ पोस्ट गरेको छु। चुच्चेको पनि इतिहास छ।’

यो अहिलेसम्म भेटिएका मध्ये लिम्पियाधुरासहितको सबैभन्दा नयाँ नक्सा हो। गुप्ताका अनुसार यो डकुमेन्ट्रीमा सिक्किमको भूगोललाई स्वतन्त्र राष्ट्र देखाउन महत्वपूर्ण पक्ष देखाइएको छ भने सिक्किम भारतको अंग होइन भन्न देखाइएको छ। पश्चिममा नेपाल, पूर्वमा भुटान, उत्तरपूर्वमा तिब्बत, दक्षिणमा पश्चिम बंगाल गरहेका उल्लेख छ। सिक्किम भारतमा विलय भएपछि सन् १९७५ पछिको ३९ वर्ष यो डकुमेन्ट्री प्र*तिबन्धित गरिएको थियो।

केही समयअघि भारत सरकारले अभिलेखिकरण रुपमा सिक्किम सरकारलाई यो डकुमेन्ट्री हस्तान्तरण गरेको छ। सिक्मिको सांस्कृति विभागको अकाईमा यो डकुमेन्ट्री राखिएको छ। भारतसँगको वार्तामा यो नक्सा सानो प्रमाण हुन सक्ने गुप्ताको भनाइ छ। उनले त्यस बेला नक्सा बनाउने हैसियतमा सिक्किम नरहेकोले भारतबाट प्राप्त नक्सा डकुमेन्ट्रीमा राखिएको हुन सक्ने बताउँछन्। ‘यो भारतले बनाएको नक्सा हुनुपर्छ, उनले भने, त्यो बेला सिक्किमसँग नक्सा बनाउने सक्ने अवस्था थिएन, भारतकै चलन चल्तीको नक्सा उसले प्रयोग गरेको हुनुपर्छ।’

सुगौली सन्धिपछि १८५६ सम्मको नक्सामा लिम्पियाधुरा समेटिएका थिए। त्यसपछि भारतले नक्सामार्फत नेपाली भूभागको अतिक्रमण गर्दै आएको थियो। सन् १९६२ मा भारत चीन यु*द्धपछि कालापानीमा सेना राखेर नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भूमि भारतले अ*तिक्रमण गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *