Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना सं*क्रमण नभएका मानिसमा पनि कोभिड–१९ सँग लड्ने प्रतिरोधी क्षमता रहेको फेला पर्‍यो !

Spread the love

कोभिड–१९ का विरुद्ध खोप बनाउने दौड जारी छ, विभिन्न चरणमा त्यसको परीक्षण भइरहेछ । तर अहिलेसम्म खोप बनिसकेको भने छैन । यो स्थितिबीच विभिन्न अध्ययहरुले एउटा आशालाग्दो नतिजा देखाएको छ : त्यो हो– केही मानिसहरुमा सार्स–कोभ–२ भाइरसले सं*क्रमण गर्नुपूर्व नै उनीहरुमा त्यसका विरुद्ध प्रतिरोधी क्षमता विद्यमान रहेछ ! अनुसन्धानकर्ताहरुको विचारमा कोरोनाभाइरसका अन्य प्रजातिहरु जस्तै सार्स तथा कोरोनाजन्य सामान्य रुघाखो*कीको सं*क्रमणले पनि उनीहरुमा यस नयाँ कोरोनाभाइरससमेतको विरुद्धमा प्रतिरोधी क्षमता विद्यमान रहेको हुन सक्छ । यो कुराले कोभिड–१९ विरुद्धको खोप बनाउने प्रक्रियामा थप बल पुग्ने आशा गरिएको छ ।

प्रस्तुत छः कोभिड–१९ विरुद्धको महासं*ग्राममा आशा जगाउने यस विषयमाथि द वाल स्ट्रीट जर्नलमा प्रकाशित जेसन डगलसको रिपोर्टको नेपाली अनुवाद । मानव शरीरको प्रतिरक्षा प्रणालीले कोभिड–१९ रो*ग लगाउने भाइरसका विरुद्ध कसरी काम गर्छ भन्ने कडीहरु जोडिरहेको अनुसन्धानकर्ताहरुले आशा लाग्दा कुराहरु पनि फेला पार्दै गइरहेका छन् । त्यो हो– यसअघि सार्स–कोभ–२ को सं*क्रमणमा नपरेका केही मानिसहरु त्यसका विरुद्ध रो*गप्रतिरोधी क्षमता विद्यमान रहेको र त्यसका विरुद्ध लड्ने गर्दो रहेछ ।

यो कुराले के देखाएको छ भने सार्स वा सामान्य रुघाखोकी लगाउने कोरोनाभाइरसको सं*क्रमणका कारण उनीहरुमा पैदा भएको प्रतिरोधी क्षमताले यो नयाँ भाइरसका विरुद्ध पनि काम गर्दो रहेछ कि भन्ने सम्भावना देखाएको छ । यो जैविक प्रक्रियालाई पक्रेर अगाडि बढ्दा नयाँ खोप बनाउने प्रक्रियामा सहयोग पुग्न सक्ने सम्भावनालाई अनुसन्धानकर्ताहरुले औंल्याएका छन् ।

यो कुराले के देखाएको छ भने सार्स वा सामान्य रुघाखोकी लगाउने कोरोनाभाइरसको सं*क्रमणका कारण उनीहरुमा पैदा भएको प्रतिरोधी क्षमताले काेभिड–१९ गराउने यो नयाँ भाइरसका विरुद्ध पनि काम गर्दो रहेछ कि भन्ने सम्भावना देखाएको छ । यो जैविक प्रक्रियालाई पक्रेर अगाडि बढ्दा नयाँ खोप बनाउने प्रक्रियामा सहयोग पुग्न सक्ने सम्भावनालाई अनुसन्धानकर्ताहरुले औंल्याएका छन् । क्यालिफोर्नियास्थित ला जोल्ला इन्स्टिच्यूट फर इम्युनोलोजीका वैज्ञानिकहरुको एउटा समूहले कोभिड–१९ लागेर निको भएका २० जना मानिसहरुको रगतको नमूना जाँचेका थिए । तीमध्ये अधिकांशमा सामान्य खालका लक्षणहरु मात्रै देखिएका थिए ।

उक्त रक्त नमूनालाई रसायनबाट निर्माण गरिएका भाइरसका अंशमा मिसाउँदा सेतो रक्तकोषहरु परिचालित भएको कुरा उक्त समूहले फेला पार्यो । टी सेलको नामले पनि चिनिने उक्त रक्तकोषले संक्रमणका विरुद्ध शरीरको रोग प्रतिरोधी कार्यलाई समन्वय गर्ने काम गर्छ । अर्को किसिमको टी–सेलले चाहिँ भाइरस सं*क्रमित कोषलाई खोजेर त्यसलाई नष्ट गर्ने काम गर्छ । सो प्रक्रिया त्यहाँ पनि दोहोरिएको देखियो । गत महिना साइन्टिफिक जर्नलमा पियररिभ्यू भएर प्रकाशित रिपोर्टमा उक्त कुरा उल्लेख गरिएको छ ।

कोभिड–१९ लागेका मानिसहरुमा टी–सेलहरुले भाइरसमा आ*क्रमण गर्ने कुरा वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । उनीहरुले माथिको प्रयोगको दौरानमा कोभिड–१९ नलागेको मानिसहरुमा पनि उस्तै खालका टी–सेलहरु फेला पारेका थिए । त्यसो हुनुको सम्भाव्य कारण चाहिँ उनीहरु विगतमा उस्तै खालका भाइरसबाट सं*क्रमित भएको हुन सक्ने ठानिएको छ ।

कोभिड–१९ लागेका मानिसहरुमा टी–सेलहरुले भाइरसमा आ*क्रमण गर्ने कुरा वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । उनीहरुले माथिको प्रयोगको दौरानमा कोभिड–१९ नलागेको मानिसहरुमा पनि उस्तै खालका टी–सेलहरु फेला पारेका थिए । त्यसो हुनुको सम्भाव्य कारण चाहिँ उनीहरु विगतमा उस्तै खालका भाइरसबाट सं*क्रमित भएको हुन सक्ने ठानिएको छ । ला जोल्लामा सं*क्रामक रो*ग र खोप अनुसन्धानका प्रोफेसर तथा उक्त अध्ययनका प्रमुख कर्ता एलेसान्द्रो सेटीइका अनुसार उक्त अध्ययनले कोभिड–१९ गराउने भाइरसबाट सं*क्रमित भएकाहरुमा सो भाइरसले उनीहरुको प्रतिरक्षा प्रणालीलाई सक्रिय तुल्याएको छैन कि भनेर केही मानिसहरुले गर्ने गरेको शं*कालाई मेटाइदिएको छ । जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनका तथ्यांकअनुसारअहिलेसम्म सो भाइरसबाट संसारभरि ७० लाखभन्दा बढी सं*क्रमित तथा ४ लाखभन्दा बढीको मृ*त्यु भइसकेको छ ।

उक्त अध्ययन समूहले सन् २०१५ देखि २०१८ सम्ममा २० जना स्वयंसेवीहरुबाट निकालिएको रक्त नमूनाको पनि परीक्षण गरेका थिए । त्यो भनेको कोभिड–१९ देखापर्नुभन्दा अगाडिकै नमूना हो । ती नमूनाहरुलाई कोभिड–१९ का भाइरसमाथि परीक्षण गर्दा आधा जतिको रगतमा पनि उस्तै किसिमको इम्युन प्रतिक्रिया देखिएको थियो ।

यो कुरा ला जोल्लाका अनुसन्धानकर्ताहरुले मात्रै थाहा पाएका कुरा होइन । सिंगापुरका वैज्ञानिकहरुले पनि दशकभन्दा पहिल्यै सार्सबाट सं*क्रमित भएका व्यक्तिहरुको रगतमा भएका टी–सेलहरुले पनि कोभिड–१९ का भाइरससँग ल*डेको फेला पारेका थिए । त्यसैगरी, जर्मनीका अनुसन्धानकर्ताहरुले पनि सं*क्रमणले नभेट्याएका स्वस्थ रक्तदाताहरुको रगतमा भएका टी–सेलहरुले पनि कोभिडका भाइरससँग लडेको फेला पारेका थिए । उनीहरुमा त्यो क्षमताचाहिँ चिसोसँग लड्ने क्रममा पैदा भएको ठानिएको छ । यसबाट नयाँ सिद्धान्त के देखापरेको छ भने, जीवनकालमा अरु कोरोनाभाइरसहरुको एक्सपोजर भएकाहरुमध्ये केहीमा अहिलेको कोरोनाभाइरससँग लड्ने प्रतिरोधी क्षमता विकसित भएको हुन सक्छ । ‘यो भनेको अहिलेको भाइरसँग पहिले सम्पर्कमा नै नआएका केही मासिनहरुमा प्रतिक्रिया जनाउने क्षमता हुन्छ,’ डा. सेट्टे भन्छन्, ‘यो परिकल्पना हो र हाम्रो प्रयोगशाला त्यस्तो प्रमाण खोज्दैछ, जसले यो कुरा सत्य हो भन्ने देखाउनेछ ।’

यो सिद्धान्तले के पनि संकेत गर्छ भने मासिनहरुमा पहिलेदेखि नै यो भाइरसका विरुद्धमा केही मात्रामा प्रतिरोधी क्षमता छ, जसले यो भाइरसलाई सं*क्रमण फैलाउनका लाग पर्याप्त मात्रामा आश्रित कोषहरु भेट्याउन नदिएर समुदाय सं*क्रमणको स्तरलाई तल नै सीमित पारिदिन्छ । साथै यसले केही ठाउँहरुमा अन्यत्रको तुलनामा कोभिड–१९ को म*हाव्याधि किन व्यापक फैलियो वा कुनै मानिसलाई चाहिँ भेन्टिलेटर नै चाहिने र अरुलाई चाहिँ आफू सं*क्रमित छु भन्ने कुरा मुश्किलैले थाहा पाउने स्थितिमा पुर्यायो भन्ने कुराको पनि केही सांकेतिक उत्तरहरु दिन्छन् ।

यो सिद्धान्तले व्यापक अर्थ राख्छ । यसले के पनि संकेत गर्छ भने मासिनहरुमा पहिलेदेखि नै यो भाइरसका विरुद्धमा केही मात्रामा प्रतिरोधी क्षमता छ, जसले यो भाइरसलाई सं*क्रमण फैलाउनका लाग पर्याप्त मात्रामा आश्रित कोषहरु भेट्याउन नदिएर समुदाय सं*क्रमणको स्तरलाई तल नै सीमित पारिदिन्छ । साथै यसले केही ठाउँहरुमा अन्यत्रको तुलनामा कोभिड–१९ को म*हाव्याधि किन व्यापक फैलियो वा कुनै मानिसलाई चाहिँ भेन्टिलेटर नै चाहिने र अरुलाई चाहिँ आफू सं*क्रमित छु भन्ने कुरा मुश्किलैल थाहा पाउने स्थितिमा पुर्यायो भन्ने कुराको पनि केही सांकेतिक उत्तरहरु दिन्छन् ।

कोभिड–१९ का बारेमा अनुसन्धान गरिरहेका डा. सेटीइ र अन्य वैज्ञानिकहरुका अनुसार यी खोजहरु अत्यन्तै प्रारम्भिक चरणका छन् र कोरोनाभाइरसले मानिसको आश्रित कोषमा कसरी अन्तर्क्रिया गर्छ भन्ने कुरा पूर्ण रुपमा थाहा पाउन थप कार्यहरु गर्नु जरुरी छ । त्यस किसिमको इम्युन प्रतिक्रियाले स*क्रमणका विरुद्ध केही प्रतिरक्षा प्रदान गर्छ वा भाइरस सं*क्रमण फैलिने कुरामा नियन्त्रण गर्छ वा यसले सं*क्रमित मानिसमा त्यसले कति बेसी असर गर्छ, लक्षणहरु देखापर्छ भन्ने जस्ता कुराहरु प्रष्ट हुन अझै बाँकी नै छ । अर्को फरक खालको सम्भावना के छ भने त्यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई नयाँ कोरोनाभाइरसलाई पनि सामान्य रुघाखोकीको रुपमा मात्रै पहिचान गराएर रोगलाई झनै जटील बनाइदिन पनि सक्छ ।

‘भाइरससँग प्रतिरोध गर्ने केही टी–सेलहरु तपाईंमा छ भन्नेको अर्थ यो होइन कि तपाईं सुरक्षित हुनुहुन्छ,’ लण्डन मेट्रोपोलिटान युनभिर्सिटीमा मोलेक्युलर इम्युनोलोजीका प्रोफेरस गेरी म्याकलिन भन्छन्, ‘यसको सुरक्षासँग कस्तो अन्तरसम्बन्ध हुन्छ भन्ने कुराको हामीले पहिचान गर्नैपर्छ ।’ बेइजिङस्थित सिंगुवा युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्रोफेसर तथा क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल्समा परामर्शदाता समेत रहेको बाबाक जाभिडका अनुसार, अर्को चरणको सबैभन्दा महत्वपूर्ण कार्य भनेको यस्ता प्रतिरोधी क्षमता देखिएका मानिसहरुमा कस्तो असर देखापर्छ भन्ने कुराको पहिचान गर्नु नै हो ।

बेइजिङस्थित सिंगुवा युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्रोफेसर तथा क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल्समा परामर्शदाता समेत रहेको बाबाक जाभिडका अनुसार, अर्को चरणको सबैभन्दा महत्वपूर्ण कार्य भनेको यस्ता प्रतिरोधी क्षमता देखिएका मानिसहरुमा कस्तो असर देखापर्छ भन्ने कुराको पहिचान गर्नु नै हो । ‘रो*गको मोड्युलिङ गर्नका लागि उनीहरु कत्तिको महत्वपूर्ण छन् भन्ने कुरा हामीले थाहा पाउनु पर्छ,’ उनी भन्छन् ।

यद्यपि, वैज्ञानिकहरुको विचार यो परीक्षणको नतिजाले खोको विकासमा धेरै सकारात्मक दिशाहरु देखाउन सक्छ । अहिले संसारभरि नै १०० भन्दा बढी भ्याक्सिनहरु विकास भइरहको छन् र तीमध्ये १० वटा त मानिसमा समेत परीक्षण भइसकेका छन् । त्यस दौडमा सबैभन्दा अत्याधुनिक दावेदार मानिएको खोप अतिक्र*मणकारी भाइरसका विरुद्ध शरीरलाई कोषहरुमा ज*बरजस्ती घुस्नका लागि प्रयोग हुने भाइरसको स्पाइक प्रोटिनलाई चिन्न सहयोग गर्ने र त्यसका विरुद्ध लड्ने प्रतिजैविक तत्व (invader-fighting antibodies) उत्पन्न गराउन उत्प्रेरित गर्छ । खोप लगाइसकेपछि ती दुई किसिमका टी–सेलले भाइरस चिन्न र त्यसका विरुद्ध लड्न जब*रजस्त इम्युन प्रतिरोध पैदा गर्छ कि गर्दैन भन्ने कुरा प्रष्ट थिएन । तर माथिको अनुसन्धानले त्यो गर्न सक्ने देखाएको छ ।

शरीरको टी–सेलहरुले भाइरसको उपस्थितिलाई उद्घाटित गरिदिने अन्य संकेतहरुलाई चिन्ह सक्छ भन्ने पनि देखाएको छ । यसले अनुसन्धानकर्ताहरुलाई आफ्ना आक्रमणलाई अझ धेरै चुस्त बनाउने मौका दिएको डा. सेटिइको ठम्याइ छ । ‘यसले सम्भवतः अहिले मौजुदा रहेका खोपहरुलाई अझ प्रभावकारी बनाउने ढोका खोल्नेछ,’ उनी भन्छन् ।

कोभिड–१९ का बारेमा अन्यौलग्रस्त तुल्याइरहेको एउटा अनिश्चितता के पनि हो भने के यस रो*गबाट सं*क्रमित भइसकेका मानिस पुनः सं*क्रमित हुन र पटक पटक बिरामी परिरहन सक्छ भन्ने पनि हो । यो अन्यौलले नै खोपले कोभिड–१९ विरुद्धको प्रतिरोधी क्षमता लामो समयसम्म रहने कुरालाई पनि कमजोर तुल्याउँदै आएको छ । अहिलेको अध्ययनमा उस्तै किसिमको भाइरसले सं*क्रमण भएको वर्षौंपछि पनि टी–सेलहरुले वर्षौपछि पनि संक्रमणलाई चिन्न सक्ने कुराले लामो समयसम्मको प्रतिरोधी क्षमता रहन सम्भव हुन सक्ने देखाएको अभिमत मार्टिन हिब्बेर्डको छ । हिब्बेर्ड लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसनका प्रोफेसर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *