Butwal Sandesh

Best Nepali Online Newspaper

संविधान संशोधन भएसँगै भारतीय सेनापतिको बोली फेरियो, भन्नथाले – ‘नेपालसँगको सम्बन्ध सधैँ बलियो रहनेछ’

Spread the love

काठमाडौं । भारतको सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणेले नेपालसँग भारतको सम्बन्ध सधैँ बलियो रहिरहने बताएका छन् । केही दिन अघि नेपालबारे वि*वादास्पद अभिव्यक्ति दिएका उनले शनिबार नेपालसँग भारतको सम्बन्ध सधैँ बलियो रहिरहने बताएका हुन् । भारतको देहरादूनमा नेपालसँगको जारी विवादबारे बोल्दै उनले नेपालसँग भारतको सधैं बलियो सम्बन्ध रहेको र यसले निरन्तरता पाइरहने बताएका हुन् ।

नेपालले नयाँ नक्सा जारी गरेपछि उनले नेपाल अरुकै इशारामा सीमा विवादमा उचालिएको विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले चीनको इशारामा नेपालले नयाँ नक्सा जारी गरेको बताएका थिए । नेपालमा नयाँ नक्सालाई संविधानको अंग बनाउने गरी संसदले संविधान संशोधन गरिरहेका बेला शनिबार उनले भइरहेका बेला उनले सो धारणा सार्वजनिक गरेका हुन् ।

नेपालको प्रतिनिधि सभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउनेसम्बन्धी संविधान संशोधन पारित गर्ने प्रक्रिया थाल्नु केही घण्टा अगाडि भारतीय सेनापति नरवणेले भने, ‘नेपालसँग हाम्रो सधैँ बलियो सम्बन्ध छ। हामीबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्बन्ध छ । हाम्रो सम्बन्ध सधैँ बलियो रहेको छ र भविष्यमा पनि बलियो रहिरहनेछ ।’

भारतको विदेश मन्त्रालयले नेपालले जारी गरेको नयाँ नक्सा र तथा संविधान संशोधन आफूहरुलाई मान्य नभएको प्रतिक्रिया दिएको छ । शनिबार साँझ वक्तव्य जारी भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवाद वार्तामार्फत समस्याको समाधान खोज्ने समझदारीको नेपालले नक्सा जारी गर्ने र संविधान संशोधन गरेर उल्लंघन गरेको आरोप लगाएका छन् । तर, यही बेला भारतीय सेनापति नरवणेको सो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *