Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालको नयाँ नक्सा पारित भए संगै भारतीय मिडियामा सुरु भयो रुवाबासी

Spread the love

काठमाडौ। सरकारले ल्याएको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ सदनबाट सर्वसम्मत रुपमा पारित भएको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर अद्यावधिक गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधान अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्न ल्याइएको सो विधेयकलाई शनिबार प्रतिनिधि सभाको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो।

आज संसदबाट नेपालको नयाँ नक्सा पारित भएसंगै भारतीय मिडियामा हल्लीखल्ली बढेको छ । प्राय भारतीय मिडियाहरुको मुख्य समाचार नेपालको नयाँ नक्सामा केन्द्रित रहेको छ । तर सबै भारतीय मिडियाले यस नक्सामा आलो’चना व्यक्त गर्दै भारतीय भूमि राखेर नेपालले नक्सा पारित गर्यो भन्दै प्रचार गरिरहेका छन् । केहि मिडियाले भने नेपालले भारतलाई नसोधी नक्सा पारित गर्यो भन्दै चर्चा समेत गरेका छन्।

भारतको ३ भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेको भन्दै झुटो तर्क सहित आजतक देखि न्युज १८ जस्ता मिडियाहरु मुख्य समाचारको रुपमा प्रसारण गरिरहेका छन् । यता खुशियाली हुँदा उता रोईलो गरेको भन्दै सामाजिक संजालमा चर्चा समेत सुरु भईसकेको छ।

विभिन्न भारतीय मिडियाले यहि नक्सालाई लिएर विश्लेषण समेत सुरु गरेका छन् । नेपाल भारतको सम्बन्धमा दरार आउने लक्षण भन्दै आफ्नो विचारहरु समेत राख्दै मुख्य समाचार बनाएका छन् । नेपालले भारतीय भूमि मिचेको भन्दै गलत प्रचार गर्दै हल्लाखल्ला सुरु गरेका छन् जसको सामाजिक संजालमा वि’रोध समेत उठ्न’ थालिसकेको छ । नेपालमा खुशियालीको दिपावली मनाइरहदा भारतीय मिडियामा भने नेपालले टेरेनन भारतलाई भन्दै प्रचार सुरु गरेका छन्।

नेपालले नक्सा सार्वजनिक गरे संगै भारतीय मिडियाहरुले होहल्ला सुरु गरेका थिए भने अहिले नक्सा संसदबाट पारित भएसंगै अब के हुन्छ नेपाल भारतको सम्बन्ध भनेर विश्लेषण सुरु गरेका छन् । नेपाललाई चीनले उकासेको भन्दै भारतीय मिडियाले गलत प्र’चार गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *