Butwal Sandesh

Best Nepali Online Newspaper

सरिता गिरी चे*तावनी दिदै प्रतिनिधि सभाबाट बाहिरिइन – नबिर्सनुस्, बंगलादेशको निर्माण कसरी भएको थियो

Spread the love

समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरिएको बताएकी छिन्। प्रतिनिधि सभा बैठकले आफ्नो संशोधन प्रस्ताव अस्वीकार गरेपछि बाहिरिएकी गिरीले आफूले संशोधन राखेपछि धेरै फोहोरो गालीगलौज सामना गरेको बताइन्।

‘म महिलाको रूपमा बोल्दैछु – या त मैले आ*त्मह*त्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ भन्ने भयो। महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म लागेको हुँ,’उनले भनिन्। उनले थप भनिन्, ‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो’, गिरीले भने, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बला*त्कार गर्‍यो। महिलाहरूले निर्माण गर्नुभयो।’

उनले जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आ*क्रमण भएको बताइन्। ‘जब जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण गरिन्छ। त्यसमा हामी बेलमै सचेत भएन भनौं। यसको परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन’, गिरीले भनिन्।

संसद बैठक छाडेर बाहिरिइन् सरिता गिरी

समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन्। सभामुख अग्नि सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी हुन्।

गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी थिइन्। सभामुख सापकोटाले बैठकमा गिरीलाई बोल्न दिन खोजेका थिए। तर सांसदहरूले होहल्ला गरेका थिए। होहल्लापछि सभामुखले रुलिङबारे जानकारी गराएका थिए। समाजवादी पार्टीले सांसदहरूलाई संविधान संशोधनको पक्षमा उभिन ह्विप जारी गरेको छ। तर उनले ह्विप नमान्ने बताइसकेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *