चौतर्फी बि*रोधको बाबजुद नेपाल र अमेरिकाबीच एमएमसी कार्यान्वयन गर्न सम्झौता

काठमाडौं । नेपाल र अमेरिकी सरकारबीच मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमएमसी) अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्ने सम्झौता भएको छ।अमेरिकी सरकारअन्तर्गतको उक्त एमएमसीमार्फत् पाँच सय मिलियन (५० करोड)अमेरिकी डलर बराबरका विभिन्न आयोजना कार्यान्वयन गर्ने सम्झौता भएको हो।

एक समारोहबीच नेपालको तर्फबाट अर्थमन्त्री युवराज खतिवडा र अमेरिकाको तर्फबाट एमएमसीका उपाध्यक्ष एन्थोनी वेलसरले सम्झौतापत्रमा हस्ताक्षर गरे।सम्झौता अनुसार आगामी वर्ष (सन् २०२०) को जुलाई ३० बाट कार्यान्वयनमा आउने जानकारी दिइएको छ।

एक समारोहबीच नेपालको तर्फबाट अर्थमन्त्री युवराज खतिवडा र अमेरिकाको तर्फबाट एमएमसीका उपाध्यक्ष एन्थोनी वेलसरले सम्झौतापत्रमा हस्ताक्षर गरे।सम्झौता अनुसार आगामी वर्ष (सन् २०२०) को जुलाई ३० बाट कार्यान्वयनमा आउने जानकारी दिइएको छ।

कुवेतबाट हिजो पनि नेपाली महिला घर फर्किए । आममा*फीमा सहभागी एक सय ४२ जना नेपालीलाई लिएर कुवेतबाट जहाज उडेको छ । कुवेतबाट जहाज उडिसकेको र नेपालमा ११ बजेर ३० मिनेटमा आइपुग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

फर्कने १४२ जना सबै महिला रहेका छन् । कुवेतले आममा*फीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको हो । कुवेतबाट हिजो २९९ जना महिला स्वदेश फर्किसकेका छन् । कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जा*रिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।

कुवेतले गएको अप्रिल महिनाभरी नै यी दुई तरिकाले आममा*फीमा सहभागी गराएको थियो। नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममा*फीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने छ ।

कुवेतले आममा*फीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको थियो । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ । आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २९९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ । नेपालले अनुमति दिएको भए कुवेतले आममाफीमा सहभागी नेपालीलाई ल्याइदिन यसअघि पनि तयार थियो । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *