Butwal Sandesh

Best Nepali Online Newspaper

यो साता यी ५ राशिका लागि ठुलो धन लाभको योग : हेर्नुहोस तपाइको साप्ताहिक राशिफल

Spread the love

मेष – पारीवारिक सहयोग मिल्नेछ । मित्रको सहयोगमा अधुराकाम अगाडि बढ्नेछन् । यात्रामा बा*धा आउनेछ । सरसामान हराउन सक्नेछ । अनावश्यक त*नाव आउनेछ, काममा ढिलासुस्ती एवं शारीरिक आलस्यता बढ्नेछ । धर्मकर्ममा रुचि जाने एवं विदेशबाट मिठो खबर आउनेछ । ठूलाबडा व्यक्तिको सहयोग एवं साथले काममा सहजता मिल्नेछ । साताको अन्त्यमा भने, आर्थिक भार कम हुने एवं आँटेको काममा लाभ मिल्नेछ।

वृष –आम्दानी सामान्य हुनेछ । आथिक सहयोग मिल्ने एर्वं कृषिबाट फाइदा हुनेछ । स्वास्थ्यले भने समस्या दिनेछ । पारीवारिक वैमनस्यता बढ्नाले काममा रुचि घट्नेछ । साताको मध्यमा भने वैदेशिक योग बन्ने एवम अधुरा काममा राहत मिल्नेछ । सामाजिक प्रतिष्ठा मिल्ने तथा सरसहयोगमा समय जानेछ । साताको अन्त्यमा भने काममा जस मिल्ने एवं पदोन्नती तथा राम्रो अवसरको प्रस्ताव आउनेछ।

मिथुन – राजनीतिमा अवसर मिल्नेछ, वैवाहिक कुराले साथ पाउनेछ । साझेदारीमा फाइदा मिल्ने तथा व्यावसायिक काम शुरू हुनेछ । इष्टमित्रबाट सहयोग मिल्नाले काममा सहजता हुनेछ । साताको मध्यमा भने काममा रोकावट आउने तथा अपजसको भागिदार भइनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने, धार्मिक काममा खर्च हुने तथा आफ्नो योजनामा खुशीको अवस्था आउनेछ।

कर्कट – सामाजिक एवं परकार्यमा समय बित्नेछ । धर्ममा रुचि बढ्नेछ । विदेशको काम बन्नेछ । वादविवादमा परिन सकिनेछ । घरको कामभन्दा बाहिरको जिम्मेवारी थपिनेछ । स्वास्थ्यमा सुधार हुने तथा खेलकूद प्रगति मिल्नेछ । काममा आलोचना हुने नेतथा मातृपक्षको स्वास्थ्यमा गडबडी हुनेछ । व्यापारमा भने फाइदा मिल्ने तथा प्रेममा प्रगति हुनेछ । साताको अन्त्यमा भने अचानक घाटा हुने, शारीरिक अस्वस्थता बढ्ने तथा काममा रोकावट हुनेछ।

सिंह– पुरानो काममा वाधा आउनेछ, स्वास्थ्यमा समस्या हुनेछ । मध्यमा आम्दानीको स्तर बढ्नाले अड्केका काम पूरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनुका साथै विरोधी पक्षको भय हट्नेछ । मुद्दा मामिलामा राहत मिल्ने एवम कला, संगीत र सामाजिक कार्यमा प्रगति देखिन्छ। साताको अन्त्यमा भने छोटो यात्राको योग बन्ने, पारिवारिकभेटघाट रहने एवं वैवाहिक प्रसंग आउनेछ।

कन्या– पारीवारिक भटघाटको अवसर मिल्नेछ, घरायसी कुरामा विवाद आउनेछ । सरसल्लाह नमिल्नाले काममा बोझ पर्नेछ । जग्गाजमिनमा विवाद आउनुका साथै आफन्तबाटै असहयोग आउनेछ। साताको मध्यमा भने विद्यामा प्रगति हुने, सन्तानबाट खुशियाली मिल्ने र आम्दानीको स्तर बढ्नेछ । साताको अन्त्यमा भने घरबाहिर रहनुपर्ने एवं खेलकुदमा प्रगति हुनेछ।

तुला– वा*दविवा*द पर्न सक्नेछ । पारीवारिक सहयोग हुनेछ । काममा व्यस्तता बढ्नाले व्यक्तिगत काम अधुरा रहनेछन् । साताको मध्यमा भने पारिवारिक कलह एवं मनमु*टावको योग देखिन्छ । सामान्य चो*टपटक एवं पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने धनसम्पति बढ्ने, सुख सुविधामा मन जाने एवं सवारी सुखको योग रहेको छ।

वृश्चिक– व्यापारमा सामान्य लाभ हुनेछ ।सामाजिक काममा सहभागी भइनेछ। आर्थिक कारोबार बढ्नाले ऋणको भार कम हुनेछ । इष्टमित्रसँग नयाँ सम्बन्ध बन्नेछ । वैदेशिक काममा फाइदा एवं पुरानो कारोवारमिल्नेछ । साताको अन्त्यमा भने साथीभाइसँग वैमनस्यता, शारीरिक कष्ट एवम अनावश्यक खर्चले समस्या आउनेछ।

धनु– सन्तानको चि*न्ता थपिनेछ । पारीवारिक किचलो हुने एवं आर्थिक चि*न्ता बढ्नेछ । प्रेममा प्रगति एवं भोगविलासमा खर्च र्हुनेछ । जग्गाजमिनबाट फाइदा एवम नोकरी रोजगारीमा राहत मिल्नेछ । साताको अन्त्यमा भने छोटो यात्राको सुखा मिल्ने, दाजुभाइबाट सहयोग पाइने एवं सन्तानको स्वास्थ्यमा भने समस्या आउने देखिन्छ।

मकर– नयाँ नया काममा योजना बन्नेछ । व्यवसायमा लगानी बढ्नेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । अचानक खर्च आउनाले सञ्चित धन कम हुनेछ । अनावश्यक लाञ्छना लाग्ने एवं पेटको समस्या हुनेछ । साताको मध्यमा भने आपसी समझदारीमा विवाद टुंगिनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा राहत एवम धनको कारोबारमा सुख मिल्नेछ।

कुम्भ– आफन्तबाट सहयोग मिल्नेछ । काममा सामान्य फाइदा बढ्ने एवं मानसिक चि*न्ता कम हुनेछ । व्यवसायबाट आम्दानी हुन थाल्नेछ । सन्तानको स्वास्थ्यमा बाधा आउन सक्नेछ । बाेली वचनले साथ दिनेछ । वैवाहिक एवं प्रेम प्रसङ्गमा सुधार आउनेछ । वैदेशिक काममा प्रगति हुनेछ । अन्त्यमा भने यात्रामा झन्झट आउने एवं अनावश्यक खर्चले सताउनेछ । स्वास्थ्यमा खर्च बढ्ने एवं पारिवारिक चि*न्ता आउनेछ।

मीन– बाेली वचनको प्रभावले सम्वन्ध सुधार हुनेछ । धनको सुख बढ्नेछ , कारोबारमा आर्थिक लाभ मिल्नेछ । पशुचौपाया एवं कृषिबाट आम्दानी मिल्नेछ । स्त्रीबाट सहयोग मिल्नाले काममा सहजता आउनेछ । साताको मध्यमा भने यात्रामा त*नाव आउने धनमाल नोक्सानी हुन सक्नेछ । अनावश्यक वा*दवि*वाद हुने एवं स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । साताको अन्त्यमा भने पारीवारिकभेटघाट हुने, नयाँ सरसामान प्राप्ति हुने योग रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *