रोजगारी गु´मेका ३१० जना नेपाली दुबईमा भो*कभो*कै, भन्छन – `दूतावासले फोन उठाउन्न, इमेल फर्काउन्न खाने के ? जाने कहाँ ?´
युएईको दुबईमा रोजगारी गु,माएका नेपाली भो*कभो*कै पर्न थालेका छन्। DIP को २ नम्बर क्याम्पमा रहेका ३१० जना नेपाली तीन महिनादेखि बेरोजगार रहेको गणेश अर्यालले बताए। ‘हामीलाई कम्पनीले बेतलबी बिदा दिएको तीन महिना भयो’, उनले भने, ‘सुरुका दुई महिना खानबस्न दियो। तर २५ दिनयता कम्पनीले खाना बन्द गराइदिएको छ। भएको बचत पनि सकिँदै गएकाले भो*कभो*कै पर्ने अवस्था आइसकेको छ।
कम्पनीले खाना नदिएको विषयमा दुबईको लेभर कोर्टमा उ*जुरी गरेपछि नगरपालिकाले खाना उपलब्ध गराएको थियो। तर, खानै नसकिने उपलब्ध गराएकाले घर फर्किन साँचेको रकम खानामा खर्च भइरहेको उनले सुनाए। कम्पनीले बिमा कार्ड पनि फिर्ता लिएको छ हामिबाट।
बिरामी भएको अवस्थामा तत्काल उपचार पाउने अवस्था नरहेको तारा भण्डारीले बताए। हामी बसिरहेको क्याम्पमा ३१० जना रोजगारविहीन भएका छौं। कम्पनीले बिमा कार्ड पनि फिर्ता लगिसक्यो। कतिपयको भिसा सकिएको छ। उनले भने, ‘कोरोना मात्रै होइन।
अरू बि*रामी भइहाल्यो भने पनि तत्काल उपचार पाउने अवस्था छैन। नेपाली दूतावासले घर फर्किन चाहनेको तथ्यांक संकलन गरेको थियो। त्यो बेला नियमित खाना पाइ रहेको भनेर नाम टिपाएको फत्ते सिंहले बताए। खाना बन्द भएपछि दूतावासमा खबर गर्दा सम्पर्क हुन नसकेको उनको गुनासो छ।
‘नेपाली दूतावासमा फोन नै उठ्दैन। इमेलको उत्तर आउँदैन। हामीले अब कहाँ सम्पर्क गर्ने ? पहिले ढाट्न हुँदैन भनेर खाना खान पाएको भनेर नाम टिपायौं। अहिले कम्पनीले खाना बन्द गरिदियो। दूतावासले पनि नाम संकलनबाहेक केही गरेको छैन। नेपालीका गुनासो नसुनेको गुनासो आजदेखिको होइन।
दूतावासको गेटबाटै नाम टिपाएर फर्किनु परेका गुनासो उनीहरूले गरेका छन्। कतिपयले घर फर्किन भनेर राखेको पैसाले छाक टारिरहेका छन्। आफ्नै खर्चमा नेपाल फर्किन नसक्ने अवस्था हजारौंको छ, अर्यालले बताए।
विदेशमा अ*लप*त्र नेपालीलाई ल्याउन सरकारले तोकेको भाडादरले मा*नसिक त*नाव थपेको उनीहरूको भनाइ छ। लकडाउन हुनुभन्दा अघिल्लो दिन ६ सय ५० दिराममा नेपाल एयरलाइन्सको टिकट काटेका व्यक्ति हामीसँगै छन्। अहिले १९ सय ८० दिराम तोकिएको रहेछ। यसले कतिपयको सा*तो लिएको छ।’
कम्पनीले फिर्ता पठाउने कामदारलाई कुन मितिको हवाई टिकट दिऊँ भनेर ताकेता गरिरहे पनि नेपालीले उत्तर दिन सकेका छैनन्। कतिपयलाई कम्पनीले खर्च दिएर पठाउन लागेको छ। जान्छु भनेकालाई पनि नियमित उडान नहुँदा समस्या भएको छ’, अर्यालले भने। कुनै पनि निकायले एक साताभित्र उद्धार नगरे भो,कले नै म*र्ने अवस्था आउने उनको भनाइ छ।