Butwal Sandesh

Best Nepali Online Newspaper

१० अर्बको हिसाबकिताब खोज्दै युवाहरु सडकमा

Spread the love

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा स्थानीय युवाहरुले सरकारको काम का*रवाहीको खबरदारी गर्दै मौनरुपमा धर्ना दिएका छन् । शुक्रबार बिहान गाईघाट स्थित पिपल चोकमा भेला भएका युवाहरुले सरकारले कोरोना नियन्त्रणको लागि गरेको १० अर्ब रकमको पारदर्शी नभएको भन्दै ख*बरदारी स्वरुप शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

सरकारले १० अर्ब कोभिड १९ मा खर्च गरे पनि नागरिक स्तरमा पीसीआर परीक्षण हुन नसकेको भन्दै युवाहरुले सरकार प्रति आ*क्रोश पोखेका थिए । सरकारले नागरिको आवश्यक्तालाई जिम्मेबार ढंगबाट नलिएकाले सरकारको क्रियाकलाप प्रति खबरदारी गर्न युवाहरु बाध्य भएर सडकमा उत्रनु परेको स्थानीय युवा मनिष बास्तोलाले बताए ।

देश र जनताको आवश्यक्ता एकातिर तर सरकारको ध्यान अर्को तिर भएको र नागरिकहरु पीसीआर परीक्षण नगरिकनै मर्ने अबस्थामा पुगेको स्थानीय युवा राम कटुवालको भनाइ छ । विहान ७ बजे देखि सुरु भएको युवाहरुको धर्ना एक घण्टा सम्म रहेको थियो । धर्नामा त्रियुगा नगरपालिका क्षेत्रको बोक्से, मोतिगडा, गाईघाट, बगाह, देउरी, जलजले लगायतका स्थानका युवाहरुकोा उल्लेखनीय उपस्तिथि रहेको थियो ।

शनिबार र बिदाका दिन पनि बैंक खुल्ने

बैंक तथा वित्तीय संस्था भोलि (शनिबार) पनि खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले जेठ ३२ गतेसम्म शनिबार तथा सार्वजनिक बिदामासमेत पूर्णकालीन रुपमा खुला राख्न बिहीबार निर्देशन दिएपछि शनिबार बैंकहरु खुल्ने भएका हुन्।

राष्ट्र बैंकका अनुसार राजस्व बुझ्ने प्रयोजनका लागि बैंकका शाखा खुला राख्न निर्देशन दिइएको हो। त्यस्तै, नेपाल क्लियरिङ हाउससमेत शनिबार खुल्नेछ। सरकारी राजस्व उठाउन महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकलाई खुला राख्न निर्देशन दिने प्रचलन छ। कोरोना भाइरस (कोभिड–१९)का कारण राजस्व उठ्न नसकेको भन्दै सर्वसाधारणको सहजताका लागि बैकहरु खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *