Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालमा आज थप ४४८ जनामा कोरोना सं*क्रमण पुष्टि, सं*क्रमितको संख्या ५ हजार नाघ्यो

Spread the love

काठमाडौं – नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको सं*क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सं*क्रमितको संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ६२ जनामा कोरोना भाइरसको सं*क्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ६२ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना सं*क्रमण भएर निको हुनेको संख्या हालसम्म ८७७ पुगेको छ । ७८६ पुरुष र ९१ महिला रहेका छन् ।

ज्या*न गु*माउनेको संख्या १६ पुग्यो

नेपालमा थप एक जनाको कोरोना भाइरसको सं*क्रमणका कारण मृ*त्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्या*न गुमाउनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्घाखाँचीका थप एक जनाको कोरोनाका कारण मृ*त्यु भएको पुष्टि भएको हो ।

बुधबार मृ*त्यु भएका मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुषको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका उनी उपचारका लागि बुटवल गएर फर्किदै गर्दा बाटोमै मृ*त्यु भएको थियो  यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृ*त्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्या*न गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष र भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुष गरी १५ जनाको कोरोनाका कारण मृ*त्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *