Butwal Sandesh

Best Nepali Online Newspaper

बिदेशमा बस्ने नेपाली हो*शियार, यसरी ठग्छन केटी बनेर केटाले । काठमाण्डौंमा बस्ने एक युवाले ‘प्रेमिकाको न*ग्न तस्बिर पठाएर लाखौ पैसा उठाए’

Spread the love

काठमाडौ – काठमाडौँमै बस्दै आएका युवाले आफ्नै प्रेमिकाको न*ग्न फोटो पठाएर बिदेशमा बस्ने नेपालीहरु संग लाखौ रकम उठाएको प्रमाण सहित प्रहरीले प*क्राउ गरेको छ ।

लकडाउनको कारण प्रेमिका गाउँमा रहेको मौकामा ‘रोजिना’ नामको फेसबुक आईडी खोलेर फेसबुकमार्फत् उनी अर्थात रोजिनाको कथित प्रेमीले स्वदेश तथा विदेशमा रहेका नेपाली केटाहरुसँग म्यासेन्जरमा च्याट गर्थे र ।रोजिना नामको फेसबुकबाट विदेशमा रहेका जो कोही केटाहरुसँग भावुक कुराहरु गर्दथे ।

आफ्नो प्रेमिकालाई कोठामा लिएर गएको बेला खिचेको त्यही ‘न*ग्न फोटो’ विदेशमा रहेका नेपालीलाई उनले पठाउथे उता विदेशमा केटाहरु पनि केटी नै हो भन्ठानेर मख्ख पर्दै गफिदै बिभिन्न पोजको फोटो पठाउन समेत भन्थे र उनले पनि प्रेमिका (रोजिना) को
ना*ङ्गो फोटोहरु पठाइदिन्थे ।

काठमाडौँ बसेर अध्ययन गर्दै आएकी इलामकी २१ वर्षीया रोजिना (नाम परिवर्तन) यतिबेला गाउँमै छिन् । लकडाउनको कारण रोजिनाको आफ्नो प्रेमीसँग भेट हुन सम्भव छैन । रोजिनाको प्रेमी चाहिँ काठमाडौँमै बस्छन् ।
काठमाडौँमा रहँदा उनी र उनका प्रेमी प्रायः डेटिङ जान्थे । एकान्तमा बसेर भावना साटासाट गर्दा उनलाई पनि रमाइलै लाग्थ्यो । एक दिन उनका प्रेमीले काठमाडौँस्थित गौशालामा रहेको आफ्नो कोठामा जान प्रस्ताव गरे । उनले सहजै स्वीकार गरिन् ।

सुनसान कोठामा फकाईफुलाई प्रेमीले रोजिनासँग शा*रीरिक स*म्बन्ध राखे । त्यतिमात्र नभइ रोजिनाको ना*ङ्गो तस्बिरहरु पनि खिच्न भ्याए । रोजिनाको उक्त न*ग्न फोटो विदेशमा रहेका नेपालीहरु समक्ष पुगेको पाइएको छ ।

यता, आफ्नो ‘न्यु*ड फोटो’ विदशेमा रहेको पुरुषहरुसमक्ष पुगेको छ भन्ने कुरा गाउँमा रहेकी रोजिनालाई के थाहा ? तर पनि प्रहरीकोमा पुगेपछि मात्रै रोजिनाले घट*नाबारे जानकारी पाइन् ।

गत हप्ता महानगरीय अपराध महाशाखा टेकुमा ती युवकको दाई घट*नाको विवरण लिएर पुग्छन् । तत्कालै रोजिना नामको फेसबुक आईडीबारे प्रहरीले अनुसन्धान थाल्छ ।

‘रोजिना’ नामको फेसबुक कहाँबाट चलेको छ भन्ने महाशाखाको टोलीले पत्ता लगाउँछ । र, ती युवकलाई प्रहरीले ७० हजार नेपाली रुपैयाँ आईएमईमार्फत रोजिनालाई पठाइदिन भन्छ ।

रोजिनाले भने आफ्नो नाममा नभएर अर्का कै नाममा पैसा पठाउन भन्छ । मलेसियाबाट ती युवकले रोजिनाले भनेको व्यक्तिको नाममा नै पैसा पठाइदिन्छन् ।
पैसा झिक्न गएको मौकामा ती व्यक्ति अ*पराध महाशाखाको फन्दामा पर्छन् । ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा रोजिना नामको केटी ती युवकको प्रेमिका रहेको खुल्छ ।

प्रेमिकाको नाममा नक्कली आईडी खोलेर विदेशमा रहेका २ दर्जन पुरुषहरुलाई ‘नग्न फोटो’ पठाएर पैसा मागेको अभियुक्तले स्वीकार गर्छन् । र, ती अभियुक्त अर्थात् कथित प्रेमीचाहिँ खोटाङ घर भएका एकराम राई हुन्, जो यतिबेला प्रहरीको नियन्त्रणमा छन् ।

फेसबुक च्याटमा कुराकानी हुँदा फोटो पठाऊ भन्थे,’ एकरामले भनेका छन्, ‘मैले पनि केही पनि नसोची फोटो पठाइरहेँ । पैसा कमाउनको लागि गलत बाटो रोजेँ कि भन्ने पनि सोच्ने गर्थेँ, तै पनि सही बाटो रोज्न सकिनँ ।’

एकरामका अनुसार हालसम्म विदेशमा रहेका २ दर्जनभन्दा बढी पुरुषहरुलाई प्रेमिकाको ‘न*ग्न फोटो’ पठाएर पैसा मागेका छन् । कति पुरुषले पैसा पनि पठाएका छन् भने कतिले पछि पठाउँछु भनेका थिए ।

विदेशमा रहेका पुरुषलाई आफ्नै न*ग्न तस्वीर पठाएको कुरा रोजिनालाई थाहा नभएको एकरामले बताएका छन् । महाशाखाका एसएसपी दीपक थापाका अनुसार कथित प्रेमी राईले प्रेमिकाको न*ग्न तस्वीर पठाएर असुली धन्दा नै चलाएका थिए ।

प्रेमिका गाउँमा रहेको मौकामा पैसा कमाउने उद्देश्यले यस्तो काम गरेको राईले प्रहरी समक्ष बयान दिएको भन्दै त्यसबारे एकरामकी प्रेमिका रोजिनालाई खबर गरिसकेको एसएसपी थापाले बताए ।

रोजिनाले आफ्नो ना*ङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने प्रेमी एकरामविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गर्ने तयारी गरेकी छन् । ‘विश्वास गरेको मान्छेले त यतिसम्म गर्छ भने अरुको के विश्वास ?,’ रोजिना भन्छिन्, ‘घरपरिवारलाई घटनाबारे खबर गरेर प्रहरीमा जाहेरी दिँदैछु ।’

यो समाचार रातोपाटीमा प्रकाशीत समाचार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *