Butwal Sandesh

Best Nepali Online Newspaper

सरिता गिरीलाई शान्ता चौधरीको क*डा जवाफ : नेपाली आमाको छातिमाथि कुल्चदैं मुटु भन्दा प्रिय लाग्ने राष्ट्रियतामाथि धा*वा नबोल्नुस !

Spread the love

अहिलेको राजनीतिमा चिरपरिचित नाम हो सरिता गिरी । उनले दिएको प्रतिक्रियाले धेरै नेपालीको मन दुखेको छ । केही समयअघि समाजवादी पार्टीकी सांसद सरिता गिरीले छिमेकी भारत र चीनसँग समेत वार्ता र संवाद गरेर मात्रै नेपालले नयाँ राजनीतिक नक्सा जारी गर्नुपर्ने बताएकी थिइन् ।

अहिले सामाजिक संजालमा उनको व्यापक बि*रोध भएको छ । उनको अभिव्यक्त्तिले आ*क्रोशित बनेका नेपाली जनताहरुले उनको घरमा नै गएर कालो झन्डा पनि देखाउएका छन् । उनको कुरालाई सांसद शान्ता चौधरीले क*टाक्ष गरेकी छिन् । उनले आधिकारिक फेसबुक एकाउन्टबाट के भनिन् त पढौं उनको भनाइ जस्ताको त्यस्तै ।

माननीय सरिता दिदी यदि तपाइले बोलेको यो बोली सत्य हो भने ? रहर होईन तपाईंसँग कटाक्ष गर्ने , ईच्छा होईन उत्तेजित अभिव्यक्ति दिने । तर म भित्रको स्वाभिमानले तपाईंको मुखबाट निस्किएको यो आवाज सुनेर भन्यो भौतिक रुपमा ढलौंला , चिता माथि जलौला तर जल्न दिन्नौं स्वाभिमान , गल्न दिन्नौं नेपाली शान ।

नेपाली माटो माथि उभिएर , यही देशको नागरिकको पसिनाको मुल्य लिएर , नेपाली आमाको छातिमाथि कुल्चदैं हामीलाई मुटु भन्दा प्रिय लाग्ने राष्ट्रियतामाथि धा*वा नबोल्नुस दिदी। तपाईंलाई नेपालले कहिल्यै अपमान गरेको छैन ।

मेरै देशको सार्बभौम सम्पन्न गरिमामय सम्मानित सदनमा तपाईंको पटक पटक उपस्थिति रहँदै आएको छ । तर आज कृतघ्न बन्दै कर्म भुमिले उठाएको व्यक्तित्व र बढाएको मर्यादालाई तिरस्का*र गरि नेपालको भुमिलाई भारतिय देख्ने तपाईंको दो*षी चस्माप्रति भने मेरो क*टाक्ष छ सरिता दिदी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *