Butwal Sandesh

Best Nepali Online Newspaper

कविताले ज*न्माइन् तिम्ल्या*हा सन्तान

Spread the love

कैलाली। कैलालीमा एक महिलाले ति*म्ल्याहा (तीन) सन्तानको जन्म दिएकी छन्। कैलारी गाउँपालिका ९ गदरियाकी २२ वर्षीया कविता चौधरीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा श*ल्यक्रि,या मार्फत डे*लिभरी भएको थियो।

उनले पहिलो सन्तान छोरी, दोस्रो छोरा र तेस्रो छोरीको जन्म दिएको अस्पतालले जनाएको छ। कविताका पति राजेन्द्रका अनुसार तीन वटै शिशु र आमाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएको बताए।

त्यसै गरि, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारको सुरक्षा जि*म्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको छ। सोमबार जिल्ला प्रशासन कार्यालयले असार १ गतेदेखि कारागारको सुरक्षा जिम्मा सेनालाई दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

भारतबाट स्वदेश फर्किनेहरुको संख्या र क्वारेन्टिको संख्या वृद्धि भइरहेकाले नेपाल प्र*हरीलाई क्वारेन्टिनको सुरक्षमा केन्द्रित हुन सहज सेनालाई जिम्मा दिएको हो । “क्वारिन्टेनको संख्या वृद्धि भएपछि सुरक्षाका लागि प्रहरीको संख्याकम भएपछि का*रागारको सुरक्षा जिम्मा सेनालाई दिएका हो । अब त्यहाको प्रहरी जनशक्ति क्वारेन्टिेनको सुरक्षामा खटिने छ,” उनले भने।

जिल्लामा कोरोना भाइरस जो*खिम नियन्त्रणमा संलग्न संघसंस्था, प्रदेश, स्थानीय तह, स्वास्थ्य केन्द्र र निजी अस्पतालहरुबीच समन्वय र सहजीकरणका लागि श्री शार्दुल गुल्म भगतपुर ब्यारेकका सह सेनानी डा. अल्का मजगैयालाई तोकिएको छ । हाल कञ्चनपुरका बेल्डाडी, बेलोरी, पुर्नवास र माहाकाली नगरपालिकामा रहेका पाँच ठाउँका क्वारेन्टिनको सुरक्षाका नेपाली सेनाको टोली खटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *