कमल थापा भन्छन् – लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने र स्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन
काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने स्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन भनेका छन्।
अध्यक्ष थापाले एक टेलिभिजनसंगको अन्तरवार्तामा साँसद सरिता गिरिले नेपालका भूमिहरु लिपुलेक, लिम्पीयाधुरा र कालापानी नेपालको होईन भन्दै दिएको अभिब्यक्तीतर्फ संकेत गर्दै उक्त बिषयमा कडा टिप्पणी गरेका हुन्।
अध्यक्ष थापाले सरिता गिरिले भारतले अ*तिक्रमण गरेका भूमिहरुको बिषयमा बोलिएका अरा*ष्ट्रबादी कुराहरु फिर्ता लिनुपर्छ, कि त साँसद प*द छाड्नुपर्छ भन्ने तर्क गरेका छन्।
अध्यक्ष थापाले साँसद गिरिलाई दुईवटा उपाय अबलम्बन गर्न घुमाउरो पारामा चेता,वनी दिएका छन्।
अध्यक्ष थापा भन्छन्ः लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने स्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन। निजले आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ ।
लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने/स्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन। निजले आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ https://t.co/t0gyg0J0wm
— Kamal Thapa (@KTnepal) June 8, 2020